Loktantra Khabar National Weekly
Ad

अख्तियारको भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्धन सम्बन्धी अन्तरक्रिया सम्पन्न बढि उजुरी परेको कविलासी नगरपालिका माथि अख्तियारको चिन्ता कम उजुरी परेको पर्सा गा.पा. को प्रशंसा

लोकतन्त्र खबर
१० भाद्र २०८३

बखतियार अलि–
सर्लाही १० भाद्र । सर्लाहीको पर्सा गाँउपालिकामा भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्धन विषयक स्थानीय तह स्तरीय एकदिवसीय अन्तरक्रिया कार्यक्रम गाँउपाकिाको सभाहलमा सम्पन्न भएको छ ।

 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासको आयोजनामा अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको हो । अन्तक्र्रिया कार्यक्रममा भ्रष्टाचारको प्रवृत्ति, प्रकृति र आयोगले दिएको स्थानीय तहसँग सम्बन्धित सुझाव, उजुरी पर्ने कारणहरुका बारेमा सहभागीहरुलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासका शाखा अधिकृत अरुण बरालले जानकारी गराउनु भएको थियो ।

 

कार्यक्रममा भ्रष्टाचारजन्य कार्य र सार्वजनिक पद धारण गरेका व्यक्ति तथा राष्ट्र सेवकहरुलाई हुने सजाय भ्रष्टाचार निवारण ऐन २०५९ ले भ्रष्टाचारलाई कसुर मानी गरिने सजायबारे समेत शाखा अधिकृत बरालले उपस्थित कर्मचारी तथा जनप्रतिनिधीहरुलाई जानकारी दिनु भएको छ ।

 

अन्तक्र्रिया कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासले भने सर्लाहीको २० वटा स्थानीय तहहरु माथि आर्थिक वर्ष २०८२र ०८३ को असाढ मसान्त सम्ममा ४ सय २८ वटा उजुरी परेको शाखा अधिकृत बरालको भनाई थियो ।

 

जसमा २ सय ८० वटा उजुरी फछर्यौट भएको छ, भने १ सय ४८ वटा उजुरी अझ फछर्यौट हुन बाकी रहेको अधिकृत बरालको भनाई थियो । नगरपालिकाहरु मध्ये कविलासी नगरपालिकाको सबै भन्दा बढि उजुरी परेको छ ।

 

कविलासी नगरपालिका माथि ८५ वटा उजुरी परेको छ । जस मध्ये ६४ वटा उजुरी फछर्यौट भएको छ, भने २१ वटा उजुरी अझ फछर्यौट हुन बाकी रहेको अख्तियारले जनाएको छ । त्यस्तै ९ वटा गाँउपालिकाहरु मध्ये सबै भन्दा बढि उजुरी तिनवटा गाँउपालिकाहरु माथि परेको बताए । जसमा सबै भन्दा बढि उजुरी रामनगर गा.पा. माथि परेको छ ।

 

रामनगर गा.पा.माथि २७ वटा उजुरी परेकोमा २० वटा उजुरी फछर्यौट भएको छ, भने ७ वटा उजुरी फछर्यौट हुन बाकी रहेको छ । चक्रघटा गा.पा. माथि १७ वटा उजुरी परेकोमा ८ वटा उजुरी फछर्यौट भएको छ, भने ९ वटा फछर्यौट हुन बाकी रहेको छ ।

 

बसवरिया गा.पा. माथि पनि १७ वटा उजुरी परेकोमा १० वटा फछर्यौट भएको छ, भने ७ वटा उजुरी फछर्यौट हुन बाकी रहेको उनले बताए । सर्लाहीका स्थानीय तहहरु मध्ये सबै भन्दा कम उजुरी बिष्णु गा.पा. र पर्सा गा.पा. माथि परेको छ । यो दुबै गा.पा. माथि जम्मा ४–४ वटा उजुरी परेकोमा बिष्णु गा.पा.को ३ वटा उजुरी फछर्यौट भएको र एउटा उजुरी मात्र फछर्यौट हुन बाकी रहेको छ ।

 

पर्सा गा.पा. माथि परेको जम्मा ४ वटा उजुरी मध्ये २ वटाको फछर्यौट भएको र २ वटा उजुरी फछर्यौट हुन बाकी रहेको शाखा अधिकृत बरालले जनाएको छ । मुख्यतह सरकारी कार्यालयहरु माथि उजुरी पर्नुको कारणहरुमा सूचना नदिनु, सूचना लुकाउन खोज्नु, काखा पाखा गर्ने प्रवृती र योजना र विकासे कार्यको जानकारी सार्वजनिक नगर्नाले पनि बढि उजुरी पर्ने गरेको अख्तियारको भनाई छ ।

 

कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय बर्दीवासका उपसचिव प्रकाश पोखरेलले भ्रष्टाचार मुक्त समाज निर्माण गर्न लोभलालच त्याग गर्दै कानुनले दिएको अधिकार प्रयोग गर्दै राष्ट्र निर्माण कार्यमा लाग्नुपर्ने धारणा राखेका थिए ।

 

वहाले थप्दै भने सर्लाहीको पर्सा गाँउपालिका माथि जिल्ला भरिकै स्थानीय तह मध्ये सबै भन्दा कम उजुरी परेकोमा यस पालिकाका कर्मचारी तथा जनप्रतिनिधीलाई उपसचिव पोखरेलले सबैलाई धन्यवाद व्यतm गर्नुभयो । राष्ट्र सेवक कर्मचारीले उजुरी पर्दैमा आतिनु हुदैन । कानुन बमोजिम कार्य गर्दै जानु पर्छ । राम्रो काम गर्नेले डराउनु पर्दैनन् ।

 

अख्तियार दुरुपयोग गर्ने वा गलत गर्ने कुनैपनि हालतमा नबच्ने उपसचिव पोखरेलको भनाई थियो । भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्धन विषयक स्थानीय तह स्तरीय अन्तरक्रिया कार्यक्रममा पर्सा गाँउपालिकाका अध्यक्ष धिरेन्द्र राय यादव (विस्पत) तथा प्रमुख प्रशासकीय अधिकृत मदन बहादुर थिंगले गाँउपालिकाको राम्रो कार्य प्रणाली प्रति सबै कर्मचारी, जनप्रतिनिधी र पर्सा गा.पा. वासीहरुलाई धन्यवाद व्यतm गर्नुभयो ।

 

साथै दुबै जनाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासले यस पालिकामा भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्धनस सम्बन्धी अन्तरक्रिया कार्यक्रम गरि दिएकोमा आभार व्यतm गरेका थिए । यस्ता कार्यक्रम निरन्तर हुनुपर्नेमा अध्यक्ष यादव (विस्पत) तथा प्रमुख प्रशासकीय अधिकृत थिंगले जोड दिएका थिए ।

 

गाउँपालिका अध्यक्ष यादव, उपाध्यक्ष मण्डल, प्रमुख प्रशासकीय अधिकृत थिंग, पालिका अन्तर्गतका वडा अध्यक्षहरु शाखा प्रमुख र सुरक्षा निकायका स्थानीय युनिट कार्यक्रममा उपस्थिति रहेको थियो । अन्तरक्रिया कार्यक्रमको अध्यक्षता अख्तियारका उपसचिव प्रकाश पोखरेलले गर्नु भएको थियो भने कार्यक्रमको प्रमुख अतिथि गा.पा. अध्यक्ष यादव रहेका थिए

प्रतिक्रिया दिनुहोस्: