Loktantra Khabar National Weekly
Ad

सांसद अमरेश सिंहले गरे मेची–महाकाली पदयात्रा सम्बन्धी मलंगवाका जनता संग अन्र्तक्रिया

लोकतन्त्र खबर
१८ आश्विन २०८३

लोकतन्त्र समाचारदाता–
सर्लाही १८ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. अमरेश सिंहले मेची–महाकाली पदयात्रा सम्बन्धी सर्लाहीको सदरमुकाम मलंगवा स्थित कुसुम पार्टी पैलेसमा मधेशी जनता संग आईतवार अन्तरक्रिया कार्यक्रम गर्नु भएको छ ।

 

छठ पर्वको भोलि पल्टबाट मेची–महाकाली पद यात्रा गर्ने सांसद सिंहले बताएका थिए । आइतबार स्थानीय मधेशी जनता संग भेटघाट गर्दै उनले सदरमुकाम मलंगवामा मेची–महाकाली पदयात्रा सम्बन्धी अन्तरक्रिया गर्नु भएको हो । मधेशलाई थप बुझ्न र मधेशलाई जोड्न पदयात्रा गर्ने सांसद सिंहको भनाई थियो । उनले भने, ‘मेरो पदयात्राको महत्पुर्ण उदेश्य छ ।

 

समाज जोड्नु पर्छ । राजनीति भनेको समाज जोड्नका लागि हो । देशको समृद्धिका लागि हो । अबको एकताको बाटो हुनुपर्छ । मेरो पदयात्राको मुख्य उदेश्य मधेशमा शिक्षा, स्वास्थ्य, सडक, सिँचाइ, सुरक्षा र सरसफाइमा क्रान्तिकारी परिवर्तन ल्याउने रहेको उनले अन्र्तक्रिया कार्यक्रममा बताए ।

 

यस पदयात्राको क्रममा आफू मधेशी जनताको कुरा सुन्ने उनको भनाइ बुझेर सरकारलाई जनताको अपेक्षा अनुसार काम गर्न उचित सल्लाह दिने उदेश्य रहेको बताउनु भयो । ‘पदयात्रा जनताको बीचमा गएर, जनताको कुरा सुन्छु । आफैं कम बोल्छु, जनताको बढी सुन्छु सांसद सिंहको भनाई छ ।

 

मधेशी जनताको अपार सहयोग र मतदानबाट बनेको वर्तमान सरकारले मधेशलाई खासै प्राथमिकतामा नराखेकोले आफुले आफनै सरकारको आलोचना समेत गर्नु परेको उनको भनाई थियो । जब सम्म मधेश समृद्ध बन्दैन तब सम्म देशले गती लिनेछैन, यो कुरालाई सरकारलाई बुझाउन पदयात्रा शुरु गर्ने जनाउनु भयो । मधेशको हुलाकी सडक अहिले पनि पुर्णता पाएको छैन ।

 

मेची–महाकाली पदयात्रालाई हुलाकी सडक संग जोडेर वास्तविक अवस्थालाई उजागर गर्ने यस यात्राको मुख्य उदेश्य समेत रहेको सांसद सिंहको भनाई थियो ।

 

मेची–महाकाली पदयात्रा सम्बन्धी अन्र्तक्रिया कार्यक्रम राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मलंगवा नगर कमिटिको आयोजनामा सम्पन्न भएको थियो । कार्यक्रम नगर कमिटि अध्यक्ष रिसन रायको सभापतित्वमा सम्पन्न भएको हो ।

 

अन्तरक्रिया कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी मलंगवा नगर कमिटिका वडा सभापतिहरु जिल्ला कार्य समितिका पदाअधिकारी लगायत मधेश प्रदेश कमिटिका नेताहरुले समेत सहभागिता जनाएका थिए । कार्यक्रमको संचालन रास्वपा प्रदेश समिति सदस्य तथा कौडेना गाँउपालिकाका युवा नेता प्रभु साहले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्: