Loktantra Khabar National Weekly
Ad

मलंगवाका जनताको काम द्रुत गतिमा हुनुपर्छ– अधिकृत सुवेदी

लोकतन्त्र खबर
८ पुष २०८०

अजिता चौधरी–
सर्लाही ८ पुस । काम विशेषले मलंगवा नगरपालिकामा आउने सेवाग्राहीको काम द्रुत गतिमा हुनुपर्ने मलंगवा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत होमनाथ सुवेदीले बताउनु भएको छ । आईतवार देखि मलंगवा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको कार्यभार होमनाथ सुवेदीले सम्भालेका पछि वहाले यो कुरा बताउनु भएको हो ।

मलंगवा नगरपालिका कार्यालयमा हाजिर भएपछि अधिकृत सुवेदीले मलंगवा नगरपालिकाका जनता र सेवाग्रहीको काम द्रुत गतिमा हुनुपर्ने कर्मचारीहरुलाई वहाले निर्देशन दिनु भएकोछ ।

जनताले तिरेको करबाट हामि सबै कर्मचारीले तलब भता बुझेकोले सेवाग्राहीको कामलाई उच्च प्राथमिकतामा राखेर काम गर्नुपर्ने अधिकृत होमनाथ सुवेदीले सबैलाई निर्देशन गर्नुभयो ।

आईतवार मलंगवा नगरपालिकामा हाजिर भएका प्रमुख प्रशासकीय अधिकृत होमनाथ सुवेदीलाई नगरप्रमुख नागेन्द्र प्रसाद यादवले ढाकाटापी तथा खादा ओढाई स्वागत गर्नु भएको थियो ।

नगरप्रमुख यादवले मलंगवा नगरपालिकाको चौतर्फी विकासको लक्षय लाई पुरा गर्न तथा सेवाग्राहीले पालिकाबाट राम्रो सेवा पाउन भनेर आफुनो बिश्वास रहेको वहाले भने ।

नगरप्रमुख यादवले थप्दै भने हामि सबै जना मिलेर अबको समयमा यस मलंगवा नगरपालिकालाई जिल्लाकै नमुना, बिकासशिल र सेवामुखि पालिका बनाउन एकजुट भएर अगाडी बढनु पर्ने वहाले जोड दिनुभयो ।

अधिकृत सुवेदीको स्वागत कार्यक्रमको संचालन कार्यालयका सूचना अधिकारी अधिकारी राजकुमार अधिकारीले गर्नुभएको थियो । कार्यक्रममा कार्यालयका सम्पुर्ण कर्मचारीहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्: