Loktantra Khabar National Weekly
Ad

महादेव स्थानको अतिक्रमित जग्गामा कौडेना गाउपालिकाले चलायो डोजर  

लोकतन्त्र खबर
४ मंसिर २०८३
अनवर अहमद :
सर्लाही २ मंसिर । सर्लाहीको कौडेना गाउपालिका वडा नं १ सुखचैना स्थित महादेव स्थानको अतिक्रमित जग्गामा कौडेना गाउपालिकाले डोजर चलाएको छ । गाउपालिकाले मन्दिरको ४ कठा १७ धुर जग्गामा अतिक्रम गरि बनाइएका घर टहरामा डोजर चलाएको हो । मन्दिर वरिपरिका जग्गा अतिक्रमण गरि बनाइएका ६ वटा घरमा पालिकाले डोजर चलाएका हो ।
गाउपालिका अध्यक्ष,वडा अध्यक्ष, स्थानीय तथा बाक्लो सुरक्षाकर्मीको उपस्थितीमा अतिक्रमित जग्गामा डोजर चलाइएको थियोे ।
अतिक्रमित जग्गाको मुचुल्का उठाई जग्गा खाली गर्न ३ पटक गाउपालिकाले सूचना निकाले पनि  बेवास्ता गरि अटेरी गरेकाले अतिक्रमित जग्गा खाली गराउन डोजर नै चलाउनु परेको कौडेना गाउपालिकाका अध्यक्ष रुपेश यादवले बताए ।
जग्गा खाली गराउन अन्तिम पटक निकाले सूचनाको पनि ७ दिन भन्दा बढि म्याद नाघेकोले बाध्य भई डोजर चलाउनु परेको उनको कथन थियो ।
३५–४० वर्ष अगाडि देखि नै मन्दिर वरपर बस्ने स्थानीयले बिस्तारै अतिक्रमण गर्दै पक्की घर समेत निर्माण गरेको कौडेना गाउपालिका वडा नं १ सुखचैनाका वडा अध्यक्ष  राजेश पटेल ले बताए ।
मन्दिरको जग्गामा पक्की घर नै निर्माण गरिसकेपछि स्थानीयको दवाबका कारण अतिक्रमण खाली गरिएको उनको भनाई थियो ।
२–३ पुष्ता देखि मन्दिर वरिपरिका ६ जनाले जग्गा अतिक्रमण गरि जबरजस्ती घर बनाएर बसेको स्थानीय लक्ष्मी राउत बताउछन् ।
करिब एक वर्ष अगाडि अतिक्रमित सरकारी र ऐलानी जग्गा सम्बन्धी उजुरी दिन नेपाल सरकारले आहवान गरेको बखत नै आफुले जिल्ला प्रशासन कार्यालय सर्लाहीमा निवेदन  दर्ता गराएको स्थानीय सुरेन्द्र महतोले बताए । मन्दिरको अतिक्रमित जग्गा खाली गराउन उजुरी गरेपनि केहि सुनुवाई भएन,स्थानीयको चर्को जनदवाबका कारण अहिले स्थानीय सरकारले अतिक्रण खाली गराइ रहेको स्थानीय महतो बताउछन ।
प्रतिक्रिया दिनुहोस्: