मलंगवा, ०२ मंसिर । नेपाल दलित सेवा समाज र दलित महिला केन्द्र नेपालको सहकार्य तथा संयुक्त राष्ट्र संघ महिला (ग्ल् ध्यmभल ल्भउब)ि र फिनल्याण्ड सरकारको आर्थिक एवं प्राविधिक सहयोगमा सञ्चालन भइरहेको “हाम्रो सहकार्य परियोजनाः इगच ऋयििभअतष्खभ ब्अतष्यल – त्जभ क्तयचथतभििष्लन क्ष्लष्तष्बतष्ख अन्तर्गत सृजनालयले तीन दिने कला प्रदर्शनी तथा हाट बजारको आयोजना गर्ने भएको छ ।
प्रदर्शनी मंसिर ३, ४ र ५ गते मलंगवा–१० स्थित जानकी पार्टी प्यालेसमा सञ्चालन गरिने सृजनालय संस्था कि निर्देशक श्याररे बज्राचार्यले बताईन ्। निर्देशक बज्राचार्यले पत्रकार सम्मेलन गर्दै कला प्रर्दशनी बारे जारकारी गराएकी हुन ।
(उर्लंदो नदीसरीः महिला र परिवर्तनका कथाहरु) “उर्लदो नदीसरी महिला र परिवर्तनका कपाहरु सुदूरपश्चिम, कर्णाली, मधेश र वागमती प्रदेशभरका महिलाको श्रम, ज्ञान, नेतृत्व र दैनिक सङ्घर्षलाई अभिस्वीकार गर्ने एक घुम्ती प्रदर्शनी हो ।
यस परियोजना अन्तर्गत नेपालका १४ जना कलाकार (अधिकांश महिला) ले सुदूरपश्चिमको डोटी र कैलाली, कर्णालीको सुर्खेत, बागमतीको काभ्रे र मधेशको सर्लाही गरी चार प्रदेशका पाँच जिल्लाको भ्रमण गरी स्थानीय महिला, किशोरी, लैङ्गिक तथा पौनिक अल्पसङ्ख्यक व्यक्ति र सीमान्तकृत समुदायका अनुभव सुनेका थिए ।
ऐतिहासिक रूपमा मूलधारका भाष्यवाहिर राखिएका दलित, आदिवासी, मधेशी र मुस्लिम महिलाका जीवन्त अनुभव, अभिव्यक्त सपना र दृढतालाई यस प्रदर्शनीले केन्द्रमा ल्याएको छ ।
कलाकारहरूले हाते सिलाइ, कढाइ, बोटविरुवाका रेसाबाट गरिने बुनाइ, गायन, भित्तेचित्र, गोदा, ढुङ्गा कुँदाइ, कागज उत्पादन र मौखिक कथावाचनजस्ता परम्परागत घरेलु तथा स्थानीय सिपबाट प्रेरणा लिएर बालविवाह, जातीय भेदभाव, लैङ्गिक हिंसा र कुरीतिजस्ता सामाजिक–राजनीतिक विषयवरपरका वास्तविकतालाई कलामार्फत उतारेका छन ्।
सन्जीव महर्जनद्वारा क्युरेट गरिएको यस प्रदर्शनीमा अन्यायविरुद्ध लड्ने बादी महिला, आत्मनिर्णयको बाटो रोज्ने दलित तथा तामाङ महिला, थारू र मुसहर महिलाका शक्तिका कथाहरू समेटिएका छन् ।
प्रदर्शनीमा परियोजना अवधिमा महिलाहरूका अनुभव र भोगाइबाट सिर्जना भएका १० वटाभन्दा बढी कलाकृतिहरू र १० वटा कथाका अडियोहरु राखिनेछन् ।
साथै, सोही अवसरमा सर्लाही जिल्लाका महिलाहरुद्वारा उत्पादित सामग्रीको हाट बजारसमेत सञ्चालन हुनेछ। महिलाहरुले भोगिआएका हानिकारक अभ्यास र सामाजिक मूल्यमान्यतामा परिवर्तन ल्याउन, आवाज उठाउन उत्प्रेरित गर्न तथा महिला नेतृत्वप्रतिका पूर्वाग्रहलाई चुनौती दिन विभिन्न माध्यमद्वारा कथाहरू साझा गरिने संस्थाले जनाएको छ ।
प्रर्दशनीको समयः विहान १०ः०० बजेदेखि साँझ ६ः०० बजेसम्म रहने छ ।सर्लाहीको मलंगवामा तीन दिने कला प्रदर्शनी आयोजना हुदै
मलंगवा, ०२ मंसिर । नेपाल दलित सेवा समाज र दलित महिला केन्द्र नेपालको सहकार्य तथा संयुक्त राष्ट्र संघ महिला -UN Women Nepal_ र फिनल्याण्ड सरकारको आर्थिक एवं प्राविधिक सहयोगमा सञ्चालन भइरहेको “हाम्रो सहकार्य परियोजनाः Our Collective Action – The Storytelling Initiativ अन्तर्गत सृजनालयले तीन दिने कला प्रदर्शनी तथा हाट बजारको आयोजना गर्ने भएको छ ।
प्रदर्शनी मंसिर ३, ४ र ५ गते मलंगवा–१० स्थित जानकी पार्टी प्यालेसमा सञ्चालन गरिने सृजनालय संस्था कि निर्देशक श्याररे बज्राचार्यले बताईन ्। निर्देशक बज्राचार्यले पत्रकार सम्मेलन गर्दै कला प्रर्दशनी बारे जारकारी गराएकी हुन ।
(उर्लंदो नदीसरीः महिला र परिवर्तनका कथाहरु) “उर्लदो नदीसरी महिला र परिवर्तनका कपाहरु सुदूरपश्चिम, कर्णाली, मधेश र वागमती प्रदेशभरका महिलाको श्रम, ज्ञान, नेतृत्व र दैनिक सङ्घर्षलाई अभिस्वीकार गर्ने एक घुम्ती प्रदर्शनी हो ।
यस परियोजना अन्तर्गत नेपालका १४ जना कलाकार (अधिकांश महिला) ले सुदूरपश्चिमको डोटी र कैलाली, कर्णालीको सुर्खेत, बागमतीको काभ्रे र मधेशको सर्लाही गरी चार प्रदेशका पाँच जिल्लाको भ्रमण गरी स्थानीय महिला, किशोरी, लैङ्गिक तथा पौनिक अल्पसङ्ख्यक व्यक्ति र सीमान्तकृत समुदायका अनुभव सुनेका थिए ।
ऐतिहासिक रूपमा मूलधारका भाष्यवाहिर राखिएका दलित, आदिवासी, मधेशी र मुस्लिम महिलाका जीवन्त अनुभव, अभिव्यक्त सपना र दृढतालाई यस प्रदर्शनीले केन्द्रमा ल्याएको छ । कलाकारहरूले हाते सिलाइ, कढाइ, बोटविरुवाका रेसाबाट गरिने बुनाइ, गायन, भित्तेचित्र, गोदा, ढुङ्गा कुँदाइ, कागज उत्पादन र मौखिक कथावाचनजस्ता परम्परागत घरेलु तथा स्थानीय सिपबाट प्रेरणा लिएर बालविवाह, जातीय भेदभाव, लैङ्गिक हिंसा र कुरीतिजस्ता सामाजिक–राजनीतिक विषयवरपरका वास्तविकतालाई कलामार्फत उतारेका छन ्। सन्जीव महर्जनद्वारा क्युरेट गरिएको यस प्रदर्शनीमा अन्यायविरुद्ध लड्ने बादी महिला, आत्मनिर्णयको बाटो रोज्ने दलित तथा तामाङ महिला, थारू र मुसहर महिलाका शक्तिका कथाहरू समेटिएका छन् ।
प्रदर्शनीमा परियोजना अवधिमा महिलाहरूका अनुभव र भोगाइबाट सिर्जना भएका १० वटाभन्दा बढी कलाकृतिहरू र १० वटा कथाका अडियोहरु राखिनेछन् ।
साथै, सोही अवसरमा सर्लाही जिल्लाका महिलाहरुद्वारा उत्पादित सामग्रीको हाट बजारसमेत सञ्चालन हुनेछ। महिलाहरुले भोगिआएका हानिकारक अभ्यास र सामाजिक मूल्यमान्यतामा परिवर्तन ल्याउन, आवाज उठाउन उत्प्रेरित गर्न तथा महिला नेतृत्वप्रतिका पूर्वाग्रहलाई चुनौती दिन विभिन्न माध्यमद्वारा कथाहरू साझा गरिने संस्थाले जनाएको छ । प्रर्दशनीको समयः विहान १०ः०० बजेदेखि साँझ ६ः०० बजेसम्म रहने छ ।
प्रतिक्रिया दिनुहोस्:

