Loktantra Khabar National Weekly
Ad

माओवादी कार्यकर्ताद्धारा रास्वपाका प्रदेश सदस्यलाई ज्यान मार्ने धमकी

लोकतन्त्र खबर
११ असार २०८२

लोकतन्त्र समाचारदाता–
सर्लाही ११ असाढ । ब्रहम्पुरी गाँउपालिका वार्ड नं. ३ मा रहेको पोखरी सौन्दर्यकरणको काम कमसल र गुणस्तरहिन भईरहेको भन्दै आवाज उठाउदा ब्रहम्पुरी–३ बस्ने नेकपा माओवादीका कार्यकर्ता मुख नारायण राउतले राष्ट्रिय स्वतन्त्र पार्टी नेपालका प्रदेश सदस्य अर्जुन रजकलाई ज्यान मार्ने धमकी दिएको बताएको छ ।

 

रास्वपाका प्रदेश सदस्य रजकले बताए अनुसार हिजो पोखरी सौन्दर्यकरणको काममा लापरवाही र गुणस्तरहिन काम भएको भन्दै मईले कुरा उठाएपछि म आफनो घरमा समेत जान पाएको छैन ।

 

मलाई गुन्डा लगाएर धमकियाउने काम हुदैछ । मलाई केहि भयो भने यसको सम्पुर्ण जिम्मेवारी माओवादी नेता राउतको हुने वहाले बताए ।

 

यो भन्दा पहिला पनि राजनीतिक पहुचको आधारमा यस पालिकामा योजना लिएर आउने र सबै मिलेर खाने काम भएको कुरालाई उजागर गर्दा सबै जना मिलेर मप्रति घेरा बन्दी गरेको रास्वपाका प्रदेश सदस्य रजकको भनाई छ ।

 

प्रदेश सदस्य रजकले शान्ति सुरक्षाको माग गर्दै पुलिस प्रशासनलाई पनि जानकारी गराई आवश्यक कारवाहीको माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्: