Loktantra Khabar National Weekly
Ad

हाकिम कार्यालय नआउदा सेवाग्राही सास्ती भोग्न बाध्य ७ महिना देखि तलब भता नबुझेको कर्मचारीहरुको गुनासो

लोकतन्त्र खबर
१० मंसिर २०८३

बखतियार अलि–
सर्लाही । सर्लाहीको बसवरिया गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत भेष साह विगत ३ महिना देखि पालिकामा आउनु भएको छैन । हाकिम कार्यालय नआउदा सेवाग्राहीहरु सास्ती भोग्न बाध्य भएका छन भने अर्का तिर ज्यालादारी कर्मचारीहरुले ७ महिना देखि तलब भता नपाएको गुनासो गरेका छन ।

 

गाँउपालिका कार्यालयमा हाकिम जानकारी बिना वेपता भएपछि प्रशासनिक ढिलासुस्ती र सुशासनको चरम अभावलाई छर्लङ्ग पारेको अवस्था रहेको छ । कार्यालय प्रमुख (हाकिम) अनुपस्थित हुँदा सर्वसाधारण नागरिकले सास्ती पाउनु र ७ महिना देखि राष्ट्रसेवक कर्मचारीले तलब–भत्ता नपाउनु निकै गम्भीर र संवेदनशील विषय रहेको कर्मचारीहरुले बताउदै दुखेसो पोखेका हुन् ।

 

हाकिम लामो समय देखि वेपता भएपछि बसवरियाका सेवाग्राहीहरु विचल्लीमा परेको हो । नागरिकता, सिफारिस, भुक्तानी वा अन्य प्रशासनिक कामहरूका लागि दूरदराजबाट आएका सर्वसाधारणहरू हाकिम नहुँदा दैनिक रूपमा मर्कामा परेका छन् ।

 

७ महिना सम्म श्रमको मूल्य (तलब–भत्ता) नपाउँदा कर्मचारीहरूको घरखर्च, छोराछोरीको पढाइ र दैनिक जीवन यापनमा गम्भीर संकट परेको कर्मचारीहरुको भनाई छ, जसले गर्दा उनीहरूको कार्यक्षमता र मनोबल खस्किएको देखिन्छ ।

 

हाजिरी रजिष्टर देखाउदै एकजना कर्मचारीले भने हाकिम साबको ३ महिना देखि हाजिरी भएको छैन । प्रमुख प्रशासकीय अधिकृत साह लामो समय देखि कार्यालय नआएपछि कार्यापालिकाले उनको विरोधमा निर्णय गरि समान्य प्रशासन मन्त्रालयलाई लिखित जानकारी गराएपनि कुनै कारवाही नभएको एकजना कर्मचारीले बताए ।

 

हाकिम कार्यालय नआउदा पालिकाको अधिकांस जसो शाखाहरु बन्द रहने गरेको छ । कार्यालयमा हाकिम छैन र गाँउपालिका अध्यक्ष रामसिंहासन राय किर्ते मुदामा पक्राउ परेपछि बसवरिया गाँउपालिका अभिभावक बिहिन भएको छ । दुरदराजबाट पालिकामा सेवाग्राही आउदा काम नभएपछि दुखि भएर फर्किने गरेको अवस्था रहेका छन ।

प्रतिक्रिया दिनुहोस्: