Loktantra Khabar National Weekly
Ad

सर्लाही क्याम्पसका प्रमुख यादव पक्राउ

लोकतन्त्र खबर
२१ जेष्ठ २०८२

लोकतन्त्र समाचरदाता–
सर्लाही २० जेष्ठ । सर्लाही जिल्लाको सदरमुकाम मलंगवा– ४ मा रहेको सर्लाही क्याम्पसका प्रमुख राजेश कुमार यादव पक्राउ परेको छ । अपराधिक प्रवेश तथा अपराधिक उपद्रह गरेको अभियोगमा यादवलाई जिल्ला प्रहरी कार्यालय मलंगवाबाट पक्राउ पुर्जी जारी भएपछि पक्राउ गरेको नायब प्रहरी उपरिक्षक सरोज राईले बताएको हो ।

 

मलंगवा वार्ड नं.७ का वडाअध्यक्ष इशा मिकरानीको घरमा गत जेष्ठ १२ गते रातीको समयमा ढुंगामुडा र तोडफोड भएको घटनामा सर्लाही क्याम्पसका प्रमुख राजेश कुमार यादवको सलग्नता रहेको भन्दै जेष्ठ १८ गते वडाअध्यक्ष मिकरानीले प्रहरीमा जाहिरी दिएको थियो ।

 

सोही जाहेरीको आधारमा क्याम्पस प्रमुख यादव पक्राउ परेको नायब प्रहरी उपरिक्षक राईले जनाएको छ । यादव संगै मलंगवा– ७ निवासी ३६ वर्षिय शुनिल राय पनि पक्राउ परेको हो । दुबैजना बिरुद्ध अपराधिक प्रवेश तथा अपराधिक उपद्रह गरेको कसुरमा जिल्ला अदालत सर्लाहीबाट म्याद थप गरि मुद्धा चलाउने तयारी भएको प्रहरीको भनाई रहेको छ ।

 

यादव र राय माथि लगाईएको कसुर प्रमाणित भएपछि ३ वर्ष कैद सजाय ३० हजार रुपैया जरिवाना वा दुबै हुन सक्ने नायब प्रहरी उपरिक्षक राईले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्: