लोकतन्त्र समाचारदाता–
सर्लाही २१ भाद्र । सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिका वाड नं, ८ र ९ का स्थानीयले सडक बनाउन माग गर्दै चक्काजाम गरेका छन् । वाड नं, ९ र ८ मा पर्ने पुर्बपश्चिम हुलाकी सडकमा टायर बालेर सडक जाम गरि स्थानीयहरूले प्रदर्शन गरेको हो ।
गएको दुई बर्ष देखि आखा असपताल भएर जाने मुख्य सडकमा पानी जमेर आवतजावत गर्न समस्या भएको स्थानीय प्रमोद सिंहले गुनासो गरेको छ । ढलनिकास र सडक नबनेपछि बारह महिना पानी जमेर आवतजावत गर्न यश भेगका जनताहरू समस्या भोग्न बाध्य भएको उनले बताए ।
पटक–पटक नगरपालिका र वडा कार्यालयलाई जानकारी गराए पनि केही सुनुवाइ भएको छैन । दुई वर्ष देखि वडाअध्यक्ष र जनप्रतिनिधिहरूले आश्वासन मात्र दिएको स्थानीयहरूको भनाई छ । लामो समय देखि सडक नबनेको भन्दै यहाका स्थानीय बासिन्दा आईतवार बिहान देखि टायर बालेर आन्दोलनमा उत्रेका हुन् ।
बिहान देखि स्थानीयवासीले उक्त सडकमा सवारी साधन चल्न दिएका छैनन् । लामो समय देखि सडक निर्माणमा ढिलाइ भएको र स्थानीयहरूले सास्ती खेप्नु परेको भन्दै दबाब दिन स्थानीयवासीले सडक ठप्प पारेका हुन् । दुईवटा वडालाई जोडने मुख्य सडक नबन्दा आफुहरूले बाध्य भएर चक्काजाम गर्नुपरेको स्थानीयहरूले बताए ।
दैनिक रूपमा पानी जमेका सडकका कारण निकै कष्ट भोग्नु परि रहेको स्थानीयवासीहरू दुखेसो पोखेका छन । स्थानीयले सडक निर्माणमा ढिलासुस्ती गर्ने जनप्रतिनिधि तथा वडाअध्यक्षलाई पटक पटक ध्यानाकर्षण गराउँदै आएको बताउँछन् । सडक निर्माणमा विलम्ब भएको र स्थानीयवासीले खेप्नु परेको दुःखका कारण सडक बन्द गर्नु परेको यस भेगमा वसोवास गर्ने आम जनताहरुको गुनासो रहि आएको छ ।

