Loktantra Khabar National Weekly
Ad

विधालयको अवस्था जिर्ण तर विधालयको नाममा ४ करोडको भौतिक संरचना निर्माण गरेर अलपत्र

लोकतन्त्र खबर
१५ आश्विन २०८३

बखतियार अलि–
सर्लाही १४ असोज । सर्लाहीको क्षेत्र नं. १ लालबन्दी नगरपालिका वार्ड नं. २ मा रहेको पाँच कुमार प्राथमिक बिधालय पुनरवासको भौतिक संरचना पुर्ण रुपमा जिर्ण छन । बिधालयमा रहेको भवनहरुको सबै छानाहरु कुहिएर पानी झर्ने गरेको छ । त्यस्तै विधालय परिसरको प्रांगण हिलाम्मे रहेकाले हिडडुल गर्दा छात्रछात्राहरु भुइमा लडने गरेको अवस्था छ ।

 

विधालयमा टेबुल बेन्च नभएर विधार्थीहरु भुईमै बसेर पढन बाध्य छन । बालबालिकाहरुलाई पठनपाठन गर्न पुस्तकको आभाव छ । खेलकुदका लागि प्ले ग्राउण्ड पनि छैन । यधपी यसै विधालयको नाममा आ.व. २०७७र०७८ मा तराई मधेश समृद्धी शिर्षक अन्तरगत संघले १ करोड २० लाखको लागतमा १८ कोठे दुई तल्ले भवन निर्माण गरेर अलपत्र अवस्थामा छाडिएको बिधालयका शिक्षकहरुको भनाई छन ।

 

स्थानीयहरुका अनुसार ५ वर्ष पहिला बिधालयको नाममा केहि पहुच भएका व्यतिmले संघीय बजेटबाट यो भवन निर्माण गरेका थिए । भवन निर्माण भएको छैठो वर्ष चलि रहदा समेत उतm भवन प्रयोगमा आएको छैन ।

 

भवन बनाएर अलपत्र छाडिएपछि उतm भवन अहिले दुव्र्यसनीहरुको अडडा बनेको छ । यस विषयमा पाँच कुमार प्राथमिक बिधालय पुनरवासका प्र.अ. उद्धव प्रसाद पौडेल संग सोध गर्दा वहाले भने म यस बिधालयमा नया आएको छु ।

 

अब बिस्तारै यो भवनलाई प्रयोगमा ल्याउने प्रयासहरु भई रहेको प्र.अ. पौडेलको भनाई छ । पहुचका आधारमा पैसा कमाउनका लागि मात्र केहि व्यतिmहरुले सार्वजनिक संस्थाको नाम प्रयोग गरि यस्ता धेरै संरचनाहरु बनाएर अलपत्र पारिएको अवस्था छ ।

 

पाँच कुमार प्राथमिक बिधालय एउटा नजिर मात्र रहेको जानकारहरुको भनाई छ । पाँच कुमार प्रा.वि. को अवस्था दैनिय रहेपनि चालु आर्थिक वर्षमा सोही बिधालयको नाममा साढे पाँच बिघा जमिनको घेराबेरा गर्न रंग रोगन सहितको स्मार्ट कम्पाउण्डवाल निर्माण गर्न संघीय बजेट अन्तरगत सहरी विकास शिर्षकमा तिन करोड बजेट निकासा भएर १ करोड ८६ लाखमा घेराबेरा तयार गरिएको छ ।

 

सरकारको ४ करोड बढि रकमलाई एक हिसाबले थन्काउने काम मात्र भएको स्थानीयहरुको गुनासो छ । करोडो रकमको लागतमा बनेको भौतिक संरचनाबाट स्थानीयहरुलाई कुनै लाभ भएको छैन । गरिब दुखिको छोराछोरी पढने बिधालयको अवस्था जिर्ण छन । बर्षात हुदा बिधालयको छानाहरुबाट पानी चुहिने गरेको छ ।

 

धेरै समस्या रहेको यस बिधालयको समस्या समाधान गर्न कसैले प्रयास गरेनन् । यधपी बिधालयको नाममा केहि पहुचवाला व्यतिmले सरकारी पैसाको चरम दुर्पयोग गरेको स्थानीय दुखा पासवानको भनाई छ ।

 

लालबन्दी नगरपालिका वार्ड नं. २ का वडाअध्यक्ष किरण कुमार पासवान संग कुरा गर्दा वहाले भने बजेटको आभावले विधालयको जिर्णोदार गर्न सकेनौ ।

 

सबा करोडको लागतमा बनेको भवनलाई किन प्रयोगमा ल्याउनु भएन यस प्रश्न प्रति वडाअध्यक्ष पासवानले भने चालु आर्थिक वर्षमा उतm भवनलाई प्रयोगमा ल्याउने बताउनु भयो । विधालयको अवस्था खराब छन् तर तीन करोडको घेराबेरा गरेर उतm कम्पाउण्डमा करेसावारी किन लगाउनु भयो यस प्रति पनि वडाअध्यक्ष पासवानले पक्षपोषण गर्दै घेराबेरा गर्नृुपनि जरुरी भएकोले गरिएको बताए ।

 

लालबन्दी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पितानाथ लुईटेलले पाँच कुमार प्राथमिक बिधालय पुनरवासका बारेमा आफुलाई केहि थाह नभएको बताउनु भयो । कसले कहाबाट बजेट ल्याएर विधालयमा के–के काम गरेको छ । यस बारेमा सम्बन्धीत व्यतिmले पालिकालाई जानकारी नदिएको प्रमुख प्रशासकीय अधिकृत लुईटेलले एभिन्युजलाई जानकारी गराउनु भयो ।

 

जुन हिसाबले लालबन्दी नगरपालिका वार्ड नं. २ मा रहेको पाँच कुमार प्राथमिक बिधालय पुनरवासमा साढे पाँच विघा जमिनमा साढे छौ फिट पर्खाल सहित घेराबेरा गरिएर अलपत्र अवस्थामा छाडने काम भएको छ । यस परिसरमा नेपाल प्रहरीको तालिम केन्द्र स्थापना गर्न सकिन्छ ।

 

पाँच सय सइयाको असपताल निर्माण गर्न सकिन्छ वा अन्तराष्ट्यि स्तरको खेल मैदान अरु धेरै काम यस क्षेत्रमा पालिकाले गर्न सकिन्छन । यधपी सरकारको करोडोको बजेटलाई यस विधालयको नाममा थन्काउने काम भएको स्थानीयहरुको भनाई छ ।

 

पाँच वर्ष पहिला पनि भवन बनाएर प्रयोग विहिन छन । ३ करोडको घेराबेरा गरेर कम्पाउण्ड भित्र खेतीपाती तथा पशु चौपायाको चरण स्थल बनाउने काम भयो भने सरकारी बजेट बालुवामा पानी हाले जस्तै हुने स्थानीय नागरिकहरुको भनाई रहेको छ ।

प्रतिक्रिया दिनुहोस्: