Loktantra Khabar National Weekly
Ad

किन आयो नेपालमा विनाशकारी बाढी ?

लोकतन्त्र खबर
२४ भाद्र २०८३

बखतियार अलि–
नेपालको रसुवा जिल्लामा २६ अगस्त २०२६ मा आएको विनाशकारी बाढीले गर्दा ठुलो जनधनको क्षति भएको छ । वास्तवमा भन्नु पर्दा ग्लोबल वार्मिग र जलवायु परिवर्तन (Climate Change) को कारणले नेपालमा ठुलो बाढी आएको हो । यो बाढीले गर्दा खर्बो रुपैया बराबरको भौतिक संरचना नष्ट भएको छ ।

 

हजारौंको संख्यामा नेपाली नागरिकले घातक बाढीको चपेटमा परि आफनो ज्यान गुमाउनु परेको छ, भने हजारौको संख्यामा वेपता छन । एउटा यस्तो गल्ती जुन गल्ती नेपाली जनताले गरेकै छैन । अरुले गरेका गल्तीका कारण नेपालको तिन जिल्ला तहसनहस भएको अवस्था छ ।

 

जल तथा मौसम विज्ञानको बारेमा अध्यण गर्ने संस्था Cimod का वैज्ञानिकहरुको भनाई अनुसार २६ अगस्तमा आएको विनाशकारी बाढीपहिरो अत्यधिक वर्षाका कारण आएको थिएन । (ICE ROCK AVALANCHE GLACIER COLLAPSE) वर्फको ठुलो ढुगां खिस्किएर टुटनाले विनाशकारी बाढी आएको वैज्ञानिकहरुको भनाई छ ।

 

मुख्यतह जलवायु परिवर्तनका कारण दिनानुदिन बढदै गएको गर्मी तापमानमा वृद्धिले गर्दा वर्फ पगलिएर नेपालमा बाढी पहिरोको जोखिम बढदै गएको देखिन्छ । खास गरेर नेपालको हिमालय क्षेत्रमा वैश्विक औसत भन्दा दुईगुना बढि औसतले तापमान बढि रहेको छ ।

 

जसले गर्दा धेरै पुरानो वर्फको चटटानहरु (Permafrost) पिघलेर पहाड मुनि खस्न थालेको छ । उच्च तापमानका कारण वर्फको पहाडहरु पानीको रुपमा तल झर्न थालेपछि । विश्व स्तरमा जलवायु Clmate Justice अनुसार लाँस एंड डैमेज फंडLoss and Damage Fund दिने निर्णय भएपनि सम्बन्धित देशलाई आर्थिक सहायता दिन अझ पनि ढिला सुस्ती र आनाकानी भईरहेको अवस्था छन ।

 

Loss and Damage Fund दिने र यसको कार्यान्वयनमा कार्बन उत्सर्जन गर्ने ठुलो देशहरुले कुनै ठोस कदम चालेको देखिदैन । प्रधानमन्त्री बालेन्द्र साह बालेनले अन्तराष्ट्रिय मंचमा आफनो कुरा जोडदार हिसाबले उठाउनु भएको छ ।

 

नेपाललाई भिख, दान वा सहायता चाहिएको छैन । जलवायु परिवर्तन (Climate Change) को कारण नेपालले व्यहोर्नु परेको जनधनको ठुलो क्षतिमा अन्तराष्ट्रिय स्तरबाट भर्पाइ (Compensation) दिनलाई सम्बन्धित सबैलाई गुहार लगाउनु भएको छ । नेपालमा आएको ठुलो विपत नेपालीहरुको गलतीले होईन कार्बन उत्सर्जन गर्ने ठुलो देशहरुका लापरवाहीले भएको प्रधानमन्त्री साहको भनाई छ ।

 

नेपालमा आएको ठुलो विपत विनाशकारी बाढी (ICE ROCK AVALANCHE GLACIER COLLAPSE) वर्फको ठुलो ढुगां खिस्किएर टुटनाले विनाशकारी बाढी आएको वैज्ञानिकहरुको स्पष्ट भनाई छ ।

 

यसको जिम्मेवार को हुन ? यो प्रश्न हामि सबैको मनमा आउन सकछन । नेपाल सरकार तथा विश्वका पर्यावरण विज्ञहरुका अनुसार विश्वका ठुलो औधोगिक र अधिक प्रदुषण उत्सर्जन गर्ने ठुलो देशहरु प्रमुखतह यसको जिम्मेवार रहेका छन ।

 

वैश्विक स्तरमा ग्रीणहाउस गैस उत्सर्जन गर्ने देशहरुमा सबै भन्दा कम ०.०५ प्रतिशत गैस उत्सर्जन गर्ने नेपाल रहेको छ । नेपालले कार्बन उत्सर्जन ०.०५ प्रतिशत गरेपनि भौगोलिक हिसाबले ग्लोबल वार्मिगको उच्च जोखिममा रहेका छन ।

 

चीन, संयुतm राज्य अमेरिका र भारत जस्ता ठुलो देशले कार्बन उत्सर्जन सबै भन्दा बढि गर्ने गरेको अन्तराष्ट्रिय स्तरका जलवायु सम्बन्धी अनुसंन्धान गर्ने बैज्ञानिकहरुको भनाई छ । नेपालको प्रधानमन्त्री बालेन्द्र साह बालेनले भनेको छ ।

 

कानुनी र नैतिक रुपमा Legal and Moral Liability अन्तरगत कार्बन बढि उत्सर्जन गर्ने देशले नेपालमा आएको विनाशकारी बाढीबाट रसुवामा भएको जनधनको क्षतिको सम्पुर्ण जिम्मेवारी लिएर क्षतिपुर्ती दिनुपर्ने प्रधानमन्त्री बालेन साहले अन्तराष्ट्रिय समुदाय संग जोडदार माग गर्नु भएको छ ।

 

प्रधानमन्त्री साहको यो राम्रो कदमलाई सम्पुर्ण नेपाली जनताले स्वागत गरेको छ । असोज महिनामा प्रधानमन्त्री साह संयुतm राष्ट्र संघको सभामा सहभागि हुने कार्यक्रम रहेको छ । देशका प्रधानमन्त्री साहले निश्चित रुपमा संयुतm राष्ट्र संघको महासभामा यो कुरालाई प्राथमिकताका साथ अन्तराष्ट्रिय मंचमा राख्नुपर्ने आजको प्रमुख आवश्यकता हो ।

 

दुईवटा शतिmशाली राष्ट्रहरुको बिचमा रहेको नेपालले पछिल्लो विपत्तिलाई केवल राहत, उद्धार र पुनर्निर्माणको सीमित घेरा भित्र राखेर हेर्नु हाम्रो अर्को ठूलो भूल हुनेछ । रसुवा देखि हिमाली भूभाग सम्म देखिएको विनाशले नेपाल आफैंले जलवायु संकट सिर्जना नगरे पनि त्यसको मूल्य कति ठूलो रूपमा चुकाइरहेको अवस्थालाई आफुसंग मात्र सिमित नराखी अन्तराष्ट्रिय जगतलाई अवगत गराउनुको अर्को बिकल्प छैन ।

 

विश्वले नेपालको दुःख देख्यो कि देखेन भन्ने होइन उब्जिएको अवस्थामा आफ्नो दुःखलाई विश्वको नीति, न्याय र जवाफदेहिताको एजेन्डामा बदल्न सक्नु पर्ने कार्यलाई अगाडी बढाउनु पर्छ । वर्षौं देखि अन्तर्राष्ट्रिय मञ्चमा ‘हामी पीडित हौं, सहयोग गर’ भन्ने भाषामा आफ्नो कुरा राख्दै आएका छौं । अब त्यो भाष्य बदलिनु पर्छ ।

 

नेपालले तथ्य, विज्ञान र आफ्नै अनुभवका आधारमा भन्न सक्नुपर्छ—हिमालको संकट नेपालको मात्र संकट होइन; यसले दक्षिण एसियाको पानी, खाद्य र ऊर्जा सुरक्षालाई समेत प्रभावित गर्नेमा दुईमत छैन ।

 

त्यसैले आगामी संयुक्त राष्ट्रसंघ महासभा र कोप–३१ जस्ता मञ्चमा नेपालले सहानुभूति होइन, जलवायु न्याय, वित्तीय प्रतिबद्धता, प्रविधि हस्तान्तरण र हिमाली जोखिमका लागि ठोस अन्तर्राष्ट्रिय सहकार्यको कुरामा प्रधानमन्त्री साहले आवाज बुलंन्द गर्नुपर्छ । विश्व मञ्चमा आवाज ठूलो बनाउनु अघि घरभित्रको तयारी पनि त्यत्तिकै बलियो बनाउनु जरुरी छ ।

 

वैज्ञानिक तथ्यांक, क्षतिको वास्तविक मूल्यांकन, जोखिमको नक्साङ्कन, सुरक्षित पूर्वाधार र विपद् पूर्वतयारी बारे राज्यले स्पष्ट योजना तर्जुमा गर्नुपर्छ । अन्तर्राष्ट्रिय समुदायसँग जवाफ माग्ने नैतिक शक्ति त्यतिबेला अझ बलियो हुन्छ, जब हामी आफ्नै विकास प्रणाली र राज्य संयन्त्रका कमजोरी माथि पनि इमानदार भएर प्रश्न गर्न तयार हुन्छौं ।

 

ग्राउन्ड जिरोमा देखिएको विनाशलाई विश्व मञ्च सम्म पु¥याउनु मात्र पर्याप्त छैन; त्यसलाई नीतिगत परिवर्तनमा बदल्न सक्नु नै नेपालको वास्तविक कूटनीतिक सफलता हुनेमा दुईमत छैन ।

 

तेसैले वर्तमान सरकारले पहिला आफनो घर मजबुत बनाएर आफनो कमि कमजोरीलाई समेत घटाउदै एउटा विकसित राष्ट्रको अवधारणा चित्रित गरेर अगाडी बढनु पर्छ । अनि मात्र समृद्ध नेपाल र सुखि नेपालीको सपना साकार हुन सकछ ।

प्रतिक्रिया दिनुहोस्: