लोकतन्त्र समाचारदाता–
सर्लाही ८ भाद्र । मुस्लिम समुदायले मनाउदै आएको इस्लाम धर्मका अन्तिम (पैगम्बर) हजरत मुहम्मद (सल्ल.) को १५०१ औँ जन्म जयन्ती २०८३ साल भदौ १० गते बुधबार मनाउने मोहम्मद डे को अवसरमा सोमवार मलंगवाको बालमंदिर चोकमा रक्तदान कार्यक्रम आयोजना गरिएको छ ।
‘रक्तदान जीवनदान’ भन्ने नारा सहित रक्तदान कार्यक्रम गरिएको आयोजना गरिएको आयोजक संस्था नेपाल मुस्लिम शान्ति समाज, मलंगवाले जनाएको छ । रक्तदान कार्यक्रममा स्थानीय युवा, विद्यार्थी तथा सामाजिक क्षेत्रमा सक्रिय व्यक्ति तथा सुरक्षा निकायका जवानहरुले रक्तदान गरेको आयोजक संस्थाले जनाएको छ । मुस्लिम शान्ति समाजका केन्द्रिय सल्लाहकार मो. समिरुदिन मिकरानीले दिएको जानकारी अनुसार ५० जना भन्दा बढि व्यतिmहरुले रक्तदान गरेको उनले भने ।
सर्लाही जिल्लामा प्रत्येक दिन रक्तको आभाव देखिएकाले मुस्लिम शान्ति समाज मलंगवाले रक्तदान कार्यक्रमको आयोजना गरेको केन्द्रिय सल्लाहकार मिकरानीले बताए । केन्द्रिय सल्लाहकार मिकरानीले थप्दै भने धार्मिक तथा सांस्कृतिक पर्वलाई सामाजिक सेवासँग जोड्ने उद्देश्यले रक्तदान तथा वृक्षारोपण कार्यक्रम आयोजना गरिएको हो ।
यस्ता कार्यक्रमले सामाजिक सद्भाव, मानवीय सेवा र वातावरण संरक्षणका क्षेत्रमा सकारात्मक सन्देश प्रवाह गर्ने उनको भनाई छ । रक्तदान कार्यक्रमलाई लक्ष्मी ब्लड कलेक्सन तथा नेपाल रेडक्रस सोसाइटी मलंगवाले आवश्यक सहयोग गरेका थिए । सामाजिक सेवाका क्षेत्रमा रक्तदान गरौँ, जीवन बचाऔँ भन्ने नारा सहित शान्ति समाजले रक्तदान कार्यक्रम सम्पन्न भएको जनाएका छन ।

