लोकतन्त्र समाचारदाता-
सर्लाही, साउन १७ विगत लामो समयदेखि वर्षा नहुँदा उत्पन्न भएको गम्भीर खानेपानी संकटका बेला मलंगवाका एक स्थानीय व्यापारी तथा समाजसेवी सुभाष गुप्ताले उदाहरणीय कदम चालेका छन्। उनले विगत एक सातादेखि आफ्नो निजी लगानीमा वडा न.८ को विभिन्न टोलमा ट्यांकरमार्फत निःशुल्क पानी वितरण गर्दै आएको छ।
यसका लागि उनले ट्यांकर भाडामा लिएका छन् । उनले सोही ट्यांकरमा भरिएको पानी स्थानीय बासिन्दाको घर–घरमै पुगेर वितरण गर्दै आएका हुन्।
खानेपानीको चरम अभावका कारण दिनप्रतिदिन संकट झनै गहिरिँदै जाँदा समाजसेवी गुप्ताको यो मानवीय पहलले स्थानीयहरूलाई ठूलो राहत दिएको छ। गुप्ताको यो कार्यको स्थानीयवासीहरूले मुक्त कण्ठले प्रसंसा गर्दै धन्यवाद समेत दिएका छन्।
उनले घर.घरमा पानी वितरण गर्ने कार्य मात्र गरेका छैनन् सोही वडाका केही सार्वजनिक स्थानहरुमा शुद्ध पिउने पानीको लागि धारा पनि जडान गरिदएका छन् ।

