Loktantra Khabar National Weekly
Ad

अक्षय कुमारले परिवर्तन गरे फिल्म छनोट गर्ने तरिका

लोकतन्त्र खबर
९ श्रावण २०८१

बलिउड अभिनेता अक्षय कुमार एकसाथ धेरै फिल्ममा काम गर्ने अभिनेताका रूपमा परिचित छन्।

उनको वर्षमै ४/५ वटा फिल्म प्रदर्शन हुन्छन्। तर उनी पछिल्लो समय हिट फिल्मको पर्खाइमा छन्। उनको प्रदर्शनरत फिल्म ‘सरफिरा‘ ले पनि बक्स अफिसमा राम्रो कमाइ गर्न सकेको छैन।

यसैबीच अक्षयले फिल्म छनोट गर्ने तरिका परिवर्तन गरेका छन्। अक्षयले हालै फोर्ब्स इन्डियासँग कुराकानी गर्दै उक्त कुराको खुलासा गरेका हुन्।

‘कोभिड १९ ले फिल्म क्षेत्रको गति परिवर्तन गरिदिएको छ। दर्शकको फिल्म हेर्ने तरिका पनि परिवर्तन भएको छ। त्यसैले मैले पनि आफ्नो फिल्म छनोट गर्ने तरिका परिवर्तन गरेको छु।

म कन्टेन्टमा धेरै ध्यान दिन्छु र वर्तमान समयसँग तालमेल होस् भन्ने चाहन्छु। म यस्तो कहानीको खोजीमा हुन्छु जसले मनोरञ्जनसँगै दर्शकलाई गहिराईसम्म पुर्‍यायोस्,’ उनले भने। सेतोपाटी

प्रतिक्रिया दिनुहोस्: