Loktantra Khabar National Weekly
Ad

घाइते भए अभिनेता इमरान हाशमी

लोकतन्त्र खबर
२२ आश्विन २०८१

बलिउड अभिनेता इमरान हाशमी घाइते भएका छन्।

भारतीय सञ्चारमाध्यम दैनिक जागरणका अनुसार एक फिल्मको सेटमा उनको गर्दनमा चोट लागेको हो। उनको गर्धनको दाहिनेपट्टि चोट लागेको छ। उनले घाइते भएको तस्बिर सामाजिक सञ्जालमा सेयर गरेका छन्।

यस घटना घट्दा उनी हैदराबादमा थिए। उनी आफ्नो आगामी फिल्म ‘गुडाचारी २’ को छायांकन गरिरहेका थिए। यो सन् २०१८ मा प्रदर्शन भएको ‘गुडाचारी’ को सिक्वेल हो। तेलुगु एक्सन स्पाई थ्रिलर फिल्ममा अभिनेता अदिवी शेषको मुख्य भूमिका थियो।

‘गुडाचारी २’ लाई विनय कुमार सिरिगिनेडीले निर्देशन गरिरहेका छन्। यस फिल्ममा अदिवी शेषको मुख्य भूमिका रहनेछ। फिल्ममा इमरान हाशमीको नकारात्मक भूमिका रहनेछ।सेतोपाटी

प्रतिक्रिया दिनुहोस्: