Loktantra Khabar National Weekly
Ad

बलिउडमा कमब्याक गर्दै फवाद खान

लोकतन्त्र खबर
२ श्रावण २०८१

पाकिस्तानका सुपरस्टार हुन् फवाद खान। उनी भारतमा पनि परिचित छन्।

उनी सन् २०१६ मा रणबीर कपूरको फिल्म ‘ऐ दिल है मुश्किल’ मा देखिएका थिए। यो फिल्मपछि दर्शक उनको कमब्याकको पर्खाइमा छन्। यसैबीच उनी कार्तिक आर्यन स्टारर फिल्म ‘भूल भुलैया ३’ मा देखिने खबर बाहिरिएको छ।

यस फिल्ममा उनी केमियो भूमिकामा देखिनेछन्। उनले ८ वर्षपछि बलिउडमा कमब्याक गर्ने लागेका हुन्।

‘भूल भुलैया’ को पहिलो पार्ट सन् २००७ मा प्रदर्शन भएको थियो भने यसको दोस्रो पार्ट सन् २०२२ मा प्रदर्शन भएको थियो। अनिस बज्मीले निर्देशन गरिरहेको फिल्म ‘भूल भुलैया ३’ तृप्ति डिमरी, विद्या बालन, माधुरी दीक्षितलगायत कलाकारको अभिनय रहनेछ। सेतोपाटी

प्रतिक्रिया दिनुहोस्: