Loktantra Khabar National Weekly
Ad

रिलिजअगावै अक्षय कुमारको फिल्म ‘सरफिरा’ ले राख्यो यस्तो रेकर्ड

लोकतन्त्र खबर
१९ असार २०८१

बलिउड अभिनेता अक्षय कुमार आगामी फिल्म ‘सरफिरा’ को तयारीमा छन्।

यो दक्षिण भारतीय अभिनेता सूर्याको फिल्म ‘सोरारई पोटरू’ को हिन्दी रिमेक हो। तमिल भाषाको यस फिल्मलाई सुधा कोंगरा प्रसादले निर्देशन गरेका थिए। हिन्दी भाषाको फिल्मलाई पनि उनले नै निर्देशन गरेका छन्।

‘सरफिरा’ १२ जुलाईदेखि हलमा रिलिज हुँदैछ। फिल्ममा अक्षयसँगै राधिका मदान र परेश रावलको अभिनय छ। यो फिल्मको १८ जुनमा ट्रेलर सार्वजनिक गरिएको थियो। जसले युट्युबमा नयाँ रेकर्ड बनाएको छ।

१२ दिनमा यस फिल्मको ट्रेलरले ६ करोड ९१ लाख भ्युज पाएको छ। योसँगै सन् २०२४ मा सबैभन्दा धेरै भ्युज पाएको ट्रेलर बनेको छ।

यसअघि यो रेकर्ड शाहिद कपूरको फिल्म ‘तेरी बातों में ऐसा उलझा जिया’ को नाममा थियो। यसले अहिलेसम्म ५ करोड ९६ लाख भ्युज पाएको छ। सेतोपाटी

प्रतिक्रिया दिनुहोस्: