Loktantra Khabar National Weekly
Ad

प्रभासको ‘कल्की २८९८’ ले रिलिजअघि बनायो यस्तो रेकर्ड

लोकतन्त्र खबर
१२ असार २०८१

दक्षिण भारतीय अभिनेता प्रभास अभिनीत फिल्म ‘कल्की २८९८ एडी’ प्रदर्शनको तयारीमा छ।

यो फिल्म २७ जुनदेखि प्रदर्शन हुन लागेको हो। फिल्मले अग्रिम टिकट बुकिङमा रेकर्ड राखेको छ। यसले सर्वाधिक टिकट बिक्री गरेर नयाँ रेकर्ड राखेको हो। उत्तर अमेरिकामा फिल्मको प्रिमियर शोका लागि १ लाख टिकट बिक्री भएको छ।

नाग अश्विनले निर्देशन गरेको फिल्ममा प्रभास, अमिताभ बच्चन, दीपिका पादुकोण र कमल हासनको मुख्य भूमिका छ।

यो प्रभासको करियरकै सबैभन्दा महँगो फिल्म हुनेछ। भारतीय सञ्चारमाध्यमका टाइम्स अफ इन्डियाका अनुसार फिल्मको बजेट ६०० करोड भारू छ।

इन्डियन माइथोलोजीबारे फिल्मको कथा हुनेछ। सेतोपाटी

प्रतिक्रिया दिनुहोस्: