Loktantra Khabar National Weekly
Ad

‘ह्वाइट हाउस’मा आँचल र गरिमासँगै रमेश उप्रेती पनि जोडिए

लोकतन्त्र खबर
१२ भाद्र २०८०

काठमाडौं । सविन कुमार तोलाङ्गीको लेखन तथा निर्देशनमा तयार हुने फिल्म ह्वाइट हाउसमा आँचल शर्मा र गरिमा शर्मा फाइनल भएका छन् ।

नेपाल र अष्ट्रेलियामा छायांकन हुने फिल्ममा गरिमाले एक महिना अगाडि नै साइन गरेकी थिइन् भने, आँचलले केही समयअघि मात्रै साइन गरेकी हुन् ।

तिहारपछि यो फिल्मको छायांकन अष्ट्रेलियामा गर्ने तयारी गरिएको हो ।

फिल्ममा नायिका आँचल शर्माको जोडीको रूपमा नायक रमेश उप्रेतीले काम गर्दैछन् । गरिमाका लागि भने निर्माण पक्षले जोडी खोजिरहेको छ । म्युजिक भिडियोबाट उदाएकी गरिमाले फिल्ममा निरन्तर काम गरिरहेकी छिन् ।
                    नेपाल प्रेस
प्रतिक्रिया दिनुहोस्: