Loktantra Khabar National Weekly
Ad

मलंगवाका मतदाताले यादव र रायलाई लगाए विजय तिलक

लोकतन्त्र खबर
१९ कार्तिक २०७९

मलंगवा १९ कार्तिक । सर्लाही क्षेत्र नम्बर २ क र ख मा पाँच दलीय सत्तागठबन्धनका प्रदेश सभाका उमेदवारद्धय २ क का उम्मेदवार जंगीलाल राय तथा कौशलकिशार राय २ ख का उमेदवारद्धयलाई चुनावी घरदैलोका क्रममा मतदाताहरुले भव्य स्वागत गरिरहेका छन् । मत माग्न घरदैलोमा पुगि रहेका प्रदेशसभा सदस्यका उम्मेदवारद्धयलाई मतदाताहरुले आफै स्वागत गर्दै यसपालि गठबन्धनलाई नै मत दिने पनि बताएका छन् । यसै क्रममा शनिबार मलंगवा नगरपालिका वडाहरुमा घरदैलो गर्दै पुगेका प्रदेशसभा सदस्य उम्मेदवार यादव र रायलाईलाई मतदाताहरुले समर्थन गर्दै अबीर टिका लगाएर स्वागत पनि गरेका छन् । अरु दलका उम्मेदवार भन्दा गठबन्धनका उम्मेदवारहरु जनता माझ रहदै आएका भएकाले यो दुबै उमेदवारलाई यसपालि आफुहरुले जिताउने ब्रहम्पुरी गाउपालिका तथा मलंगवाका मतदाताहरुको भनाई थियो । मतदातासंग भेट्दै काँग्रेसबाट प्रदेशसभा सदस्य उम्मेदवारद्धयले जनताको पीर मर्का बुझने नेतालाई नै चुन्न आग्रह गरे । आफुहरु प्रदेशसभा सदस्य बनेपछि जनभावना अनुसार काम गर्ने प्रतिबद्धता व्यतm गरे । यसपालि पनि जनताले अवसर दिए जनताको चाहना र आवश्यकतालाई शीरोधार्य गरेर काम गर्ने वाचा पनि गरे । विगतका समयमा आफुहरुले गरेका कामहरु जनताका सामु सर्वविदीतै रहेको भन्दै समाजमा व्यापक सुधार र चौतर्फी विकासको अवधारणालाई आफुहरुले पुरा गर्ने र उत्कृष्ट काम गर्ने प्रतिबद्धता मतदाताहरु सामु जनाएका छन । शनिबार बिहानको घरदैलो कार्यक्रममा देखिएको जनलहर र आम जनताको साथ र सहयोगले सतारुल गठबन्धनका सर्लाही क्षेत्र नम्बर २ क र ख मा प्रदेश सभाका उमेदवारद्धय २ क का उम्मेदवार जंगीलाल राय तथा कौशलकिशार राय भव्य मतले विजयी हुने आम जनताले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्: