Loktantra Khabar National Weekly
Ad

सुशासन र समृद्धिका लागि मेरो जित अपरिहार्य छ ः राय

लोकतन्त्र खबर
२६ कार्तिक २०७९

लोकतन्त्र समाचारदाता
सर्लाही, २६ कार्तिक । सलाृहीको क्षेत्र नम्बर २ (ख) का प्रदेश सभा सदस्यका उम्मेदवार कौशलकिशोर रायले सुशासन र समृद्धिका लागि आफ्नो जित अपरिहार्य भएको बताएका छन् । मलंगवा नगरपालिका वडा नम्बर २ मा स्थानीय युवाहरुले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै रायले आफुले जिते मात्रै सर्लाही –ख) मा सुशासन र समृद्ध आउने तर्क गरेका छन् ।

५ दलिय सता गठबन्धनबाट रुख छाप लिएर प्रतिस्पर्धामा होमिएका रायले आफु नै यस क्षेत्रको योग्य उम्मेदवार भएको बताए । यस क्षेत्रका जनताहरु पहिला जितेका प्रदेश सभा सदस्यहरुबाट असन्तुष्ट रहेका कारण जनताहरुको मत आफुले पाउने विश्वास व्यक्त गरेका छन् । सो अवसरमा युवा, महिलादेखि बृद्धहरुले रायलाई समर्थन जनाउँदै उनलाई नै मत दिने प्रतिक्रिया दिएका छन् । चुनावी सभामा त्याहाँका स्थानीय, समाजसेवी एवम् बुद्धिजिवीहरुको उल्लेख्य उपस्थ्तिी रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्: