Loktantra Khabar National Weekly
Ad

सर्लाही ४ मा गठबन्धन भन्दा स्वतन्त्र महिला उमेदवार मधुमाला यादव बलियो

लोकतन्त्र खबर
२४ कार्तिक २०७९

सर्लाही २४ कार्तिक । सर्लाही क्षेत्र नम्बर ४ मा यसपालीको चुनाव रोचक हुने भएको छ । अगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा सर्लाही क्षेत्र नम्बर ४ मा स्वतन्त्र उम्मेदवारको उपस्थिति बलियो देखिएको छ । सतागठबन्धन र एमाले जसपा गठबन्धनलाई स्वतन्त्र उम्मेदवारले चुनौती दिएका छन् । सतागठबन्धनबाट नेपाली कांग्रेसका पूर्वजिल्ला सभापति नागेन्द्र कुमार राय चुनावी मैदानमा छन् भने एमाले जसपा गठबन्धनबाट जसपाका राकेश कुमार मिश्र चुनावी मैदानमा छन् । स्वतन्त्रतर्फ अमरेश कुमार सिंह र मधुमाला यादव चुनावी मैदानमा उत्रेका छन् । सिंह निवर्तमान सांसद हुन् भने यादव संविधानसभा सदस्य एवं माओवादी केन्द्रका नेता शिवपूजन रायकी छोरी हुन् । संविधानसभा सदस्य एवं माओवादी केन्द्रका नेता शिवपूजन रायकी छोरी मधुमाला यादवले भने मेरो पक्षमा बलियो जनाधार रहेको भन्दै चुनाव आफूले नै जित्ने यादवको दाबी छ । माओवादीको राम्रो मत रहेको र पार्टीले आफ्नो मान्छेलाई टिकट नदिए पछि शिवपूजन रायले आफ्नी छोरीलाई स्वतन्त्रबाट उम्मेदवारी दिन लगाएका हुन् । सर्लाही क्षेत्र नं. ४ मा ‘स्वतन्त्रबाट उम्मेदवारी दिएका मधुमाला यादवको चुनाब चिन्ह चापाकल रहेको छ । यस क्षेत्रमा रहेको मधुवनीमा घरदैलो कार्यक्रममा भरखरकी महिला उमेदवार मधुमालाको पक्षमा ठुलो जनलहर देखिएको थियो स्थानीयहरुले यस पल्ट युवा तथा शिक्षित उमेदवार मधुमालालाईनै मतदान गर्ने बताएका थिए । संविधानसभा सदस्य एवं माओवादी केन्द्रका नेता शिवपूजन रायले भने पुराना नेताहरुलाई पटक पटक जनताले मतदान गरे । २–२ चोटी प्रतिनिधी सभामा जिताएर पठाएपनि यस क्षेत्रमा विकास नभएपछि बाध्य भएर आफनै छोरीलाई जागिर छाडन लगाएर उमेदवारी दर्ता गर्न लगाए । मेरो र मेरो परिवारको लगानी यहाका समाजमा रहेकोले जनताले आफनो आर्शिवाद मेरी छोरी मधुमालालाई दिने छन । मलाई पुरा बिश्वास छ, मेरो छोरीको नै विजयी हुन्छ, वहाले दाबी गर्नुभयो । शिक्षा, स्वास्थ्य, सडक, सिचाईं, तथा मानिसको आधारभुत आवश्यकतालाई आफु विजयी भएपछि पुरा गर्ने मेरो संकल्प रहेकोले मेरो विजयी हुनेछ युवा उमेदवार यादवले ठोकुवा गरे । यस क्षेत्रमा संविधानसभा सदस्य एवं माओवादी केन्द्रका नेता शिवपूजन राय र उनका छोरी मधुमाला यादवको पक्षमा राम्रो जनाधार रहेको स्थानीयहरुले बताए ।

प्रतिक्रिया दिनुहोस्: