Loktantra Khabar National Weekly
Ad

सर्लाहीको समग्र विकासको लागि संघर्षको आवश्यकता छ ः अध्यक्ष यादव

लोकतन्त्र खबर
१९ कार्तिक २०७९

लोकतन्त्र समाचारदाता–
सर्लाही १९ कार्तिक । नेपाल समाजवादी पार्टीका अध्यक्ष महेन्द्र प्रसाद यादवले विभिन्न आन्दोलनहरुले ल्याएको उपलब्धि संस्थागतका लागि संघर्षको आवश्यकता अझैं रहेको बताएका छन् । सर्लाही सदरमुकाम मलंगवा नगरपालिकामा नागरिक समाज तथा बुद्धिजिवीहरु संग आयोजित अन्तरकृया कार्यक्रममा उनले भने ‘मधेश विद्रोह लगायत त्यसका पूरक आन्दोलनले मधेशीलाई अधिकार त दिलायो तर अझैं पनि शासन प्रणालीको सुधार, समान अवसरको प्राप्ति र सर्लाहीको समग्र विकासको लागि संघर्षको आवश्यकता छ ।’ अवसरबाट वञ्चित समुदाय अघि बढ्न नसक्ने जिकिरका साथ उनले अहिले पनि आफू मधेशीलाई उपेक्षित उत्पीडित, दलित, मुस्लिम अल्पसंख्यकको अधिकारका लागि प्रयत्नशील रहेको बताए । संघीयता र गणतन्त्र जस्ता उपलब्धि हासिल भए पनि सर्लाहीमा जनसंख्याको आधारमा बजेट नदिइएका कारण यहाँको विकास हुन नसकेको भन्दै नेता यादवले ५३ प्रतिशत जनसंख्या भएको मधेशमा १८ प्रतिशत मात्र लगानी भइरहेको ले राष्ट्रिय गौरवको आयोजना पुरा हुन सकेन चुनाव सकेको ६ महिना भित्रमा हुलाकी सडकको काम पुरा हुने वहाले दाबी गर्नुभयो । त्यस्तै मलंगवा–नवलपुर सडक फोर लेनको लागि पनि डिपिआर तयार भइसकेको छ । चुनाब पछि यो सडकको काम पनि चालु हुने वहाले दाबी गर्नुभयो । मुलुकमा सात प्रदेशहरुमध्ये पहिचानका आधारमा एकमात्र मधेश प्रदेश बन्नु आफूहरुको लागि गौरवको विषय रहेको उनको कथन थियो । सर्लाहीलाई शिक्षा र स्वास्थ्यको हबको रुपमा अघि बढाएको बताउँदै अध्यक्ष यादवले स्वास्थ्य विज्ञान प्रतिष्ठान, इन्जिनियरिङ्ग कलेज, कृषि विश्वविद्यालय, नर्सिङ्ग कलेज लगायतको योजनाहरुलाई आफुले निकट भबिष्यमा अगाडी सारेको छु, यो योजनाहरु पुरा भएपछि सर्लाही जिल्लामा विकासले गति लिने दाबी समेत गरे । उनलाई विपक्षी गठबन्धनका राजनारायण साह र लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोले चुनौती दिएका छन् । यो क्षेत्रका बौद्धिक र सचेत मतदाताहरुले यादवको राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा ख्याति रहेकाले हार्न नहुने तर्क गरिरहेका छन् । चुनाव प्रचारको केहिदिन मात्र बाँकी रहँदा पनि नेसपाका राष्ट्रिय अध्यक्ष रहेका यादव सर्लाही क्षेत्र नं.२ का सबै वडाहरुमा ठुलो जनसमर्थनका साथ उनी घरदैलो कार्यक्रम गरि रहेको छ । यादवलाई जिल्लाका सबै तह रतप्का लगायत बौद्धिक क्षेत्रबाट समेत समर्थन प्राप्त भइरहेकोले आफनो प्यानल विजयी वहाले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्: