Loktantra Khabar National Weekly
Ad

सर्लाही क्षेत्र नं.–४ बाट अमरेश सिंहको ठाउमा, गगन थापाको नाम सिफारिस

लोकतन्त्र खबर
२० भाद्र २०७९

सर्लाही २० भदौ, । सर्लाहीको क्षेत्र नम्बर–४ बाट प्रतिनिधि सभाको प्रत्यक्षतर्फ अमरेश सिंहको नाम सिफारिसमै परेन । गत निर्वाचनमा कांग्रेसबाट प्रत्यक्षतर्फ निर्वाचित सिंहको नाम सिफारिस भएको छैन भने महामन्त्री गगन थापाको एकल नाम पठाइएको छ ।
‘अमरेश जीको नाम क्षेत्रबाट आएको छैन । गगन जीको एकल नाम आएको छ ।’ सर्लाहीका कांग्रेस सभापति सुरेन्द्र सिंहले अनलाइनखबरसँग भने ।
त्यस्तै, प्रदेश सभा सदस्यका लागि ४(क) को प्रत्यक्षमा मधेश प्रदेशका पार्टी उपसभापति एवम् प्रदेश सरकारका महिला, बालवालिका, युवा तथा खेलकुदमन्त्री विरेन्द्र प्रसाद सिंहको पनि एकल सिफारिस परेका छ ।

प्रतिक्रिया दिनुहोस्: