Loktantra Khabar National Weekly
Ad

स्वामीकार्तिक खापर गाउँपालिकाकी उपाध्यक्ष जोशीको निधन

लोकतन्त्र खबर
४ माघ २०८०

बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाकी उपाध्यक्ष मैना जोशीको निधन भएको छ।

गाउँपालिका अध्यक्ष भरतबहादुर रोकायाका अनुसार उपाध्यक्ष जोशीको ५२ वर्षको उमेरमा बिहीबार बिहान करिब ४ बजे आफ्नै घरमा निधन भएको हो।

उपाध्यक्ष जोशी क्यान्सरबाट पीडित थिइन्। ललितपुरको किष्ट अस्पतालमा उपचार गराएर हालै उनलाई घर लगिएको थियो।

२०७९ वैशाखमा भएको स्थानीय तह चुनावमा जोशी नेपाली कांग्रेसबाट उम्मेदवार भई उपाध्यक्षमा निर्वाचित भएकी थिइन्।

कांग्रेस सहमहामन्त्री बद्री पाण्डेले उपाध्यक्ष जोशीको निधनमा दु:ख व्यक्त गर्दै गत मंसिर २८ को जंसालमा भएको भेट नै अन्तिम भएको उल्लेख गरेका छन्।  सेतोपाटी

प्रतिक्रिया दिनुहोस्: