Loktantra Khabar National Weekly
Ad

माधव नेपालले घनश्यामलाई सोधे- उसो भए गठबन्धन छोड्ने त?

लोकतन्त्र खबर
२२ पुष २०८०

बालुवाटारमा आइतबार बिहान बसेको सत्ता गठबन्धन बैठकमा नेकपा एकीकृत समाजवादीलाई दुई सिट मात्रै दिने भनेपछि उक्त पार्टीका अध्यक्ष माधवकुमार नेपालसहितले असन्तुष्टि जनाएर बैठक छाडेका छन्।

नेपाली कांग्रेस र नेकपा माओवादीले एकीकृत समाजवादीलाई दुई सिट मात्र दिन सकिने बताएपछि एकीकृत समाजवादी असन्तुष्ट बनेको हो।

एकीकृत समाजवादीले तीन सिट पाउनुपर्ने अडान छाडेको छैन। तर समाजवादीलाई तीन सिट दिन गठबन्धनका अरू दल तयार देखिएनन्।

सत्ता गठबन्धन बैठकमा कुरा नमिलेपछि अध्यक्ष नेपालले महासचिव घनश्याम भूसाललाई उसो भए के गठबन्धन छोड्ने त? भनेर सोधेका थिए। भूसालले तीन सिटभन्दा तल झर्न नसकिने जवाफ दिएका थिए।

‘हामी राजनीतिक प्राणी हौं। राजनीतिक रूपमा चुनाव लड्न सक्छौं,’ भूसालका भनाइ उद्धृत गर्दै स्रोतले भन्यो।

तर सत्ता गठबन्धनका अन्य दलहरू भने सचिवालय बैठक राखेर दुई सिट लिनेमा सहमति गर्नेमा विश्वस्त छन्।

समाजवादीले सिटमा टुंगो नलगाएकाले बागमती, गण्डकी र कर्णाली प्रदेशको सिट र क्लष्टरको भागबण्डा मिलेको छैन।

तर कांग्रेस नेता रमेश लेखकले भने कांग्रेसले १०, माओवादीले ६, एकीकृत समाजवादीले २ र जसपाले एक सिट लिने तथा सत्ता गठबन्धनका तर्फबाट साझा उम्मेदवारी दिने विषयमा सहमति जुटेको दाबी गरेका छन्।

माघ ११ गते हुने राष्ट्रिय सभा चुनावमा सोमबार उम्मेदवारी दर्ताको कार्यक्रम छ। सेतोपाटी

प्रतिक्रिया दिनुहोस्: