काठमाडौं । पूर्वसचिव डा. मानबहादुर बिकेको ‘समानुपातिक समावेशिता, जेनजी आन्दोलनको अपेक्षा र संरचनात्मक रुपान्तरण पुस्तक’ बजारमा आएको छ । ५८ वर्षे उमेर हदका कारण अनिवार्य अवकाश पाएपछि उनले पुस्तक प्रकाशित गरेका हुन् । राष्ट्रिय दलित कर्मचारी समाज नेपालले प्रकाशन गरेको पुस्तक राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले विमोचन गरेका थिए । पुस्तकमा समानुपातिक समावेशिता र जेनजी आन्दोलनको अपेक्षाका बारेमा लेखिएको छ । बिके बागमती प्रदेश सरकारको प्रमुख सचिव समेत थिए । सौजन्य अनलाइनखबर
प्रतिक्रिया दिनुहोस्:

