Loktantra Khabar National Weekly
Ad

बसबरिया – २ का वडा सदस्य एमाले प्रवेश

लोकतन्त्र खबर
५ फाल्गुन २०८२

मलंगवा – सर्लाहीको बसबरिया गाउँपालिका – २ का वडा सदस्य तथा मधेशी मुक्ति मोर्चाका जिल्ला सदस्य तुलसी यादवले नेपाली कम्युनिष्ट पार्टी (माओवादी) परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेका छन्। उनलाई संविधान सभा सदस्य शिवपुजन राय यादव र प्रतिनिधि सभा सदस्य उम्मेदवार अमनिश कुमार यादवले टीका तथा माला लगाएर पार्टीमा स्वागत गरेका हुन्। पार्टी प्रवेश कार्यक्रममा बोल्दै नेताहरूले तुलसी यादवको आगमनले एमाले संगठनलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरे। नवप्रवेशी यादवले जनताको विकास र समृद्धिका लागि एमालेको नेतृत्वमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका थिए । सौजन्य धड्कन एफ.एम.

प्रतिक्रिया दिनुहोस्: