Loktantra Khabar National Weekly
Ad

सुख्खा खोकीलाई बेवास्ता नगर्नुहोस्, यो रोगको सङ्केत हुन सक्छ

लोकतन्त्र खबर
२० माघ २०८२

धेरै पटक हामीलाई सुख्खा खोकीको समस्या हुने गर्छ। यसमा रुघा, मर्की वा कफ हुँदैन, केवल खोकी मात्र लाग्छ। घाँटीमा लगातार खसखस हुनु, दुख्नु वा खोकीका कारण राति बारम्बार निद्रा टुट्नु, यी सबै सुख्खा खोकीका लक्षण हुन् । मानिसहरू अक्सर यसलाई सामान्य ठानेर बेवास्ता गर्छन्। तर, यदि सुख्खा खोकी लामो समयसम्म रहिरह्यो भने यो कुनै भित्री स्वास्थ्य समस्याको सङ्केत हुन सक्छ। यद्यपि, समयमै उपचार र सही हेरचाहबाट यसलाई निको पार्न सकिन्छ । आउनुहोस्, आजको यो जानकारीमा हामी यसबारे विस्तारमा कुरा गर्नेछौँ। साथै जान्नेछौँ, सुख्खा खोकी किन लाग्छ ? यसका लक्षणहरू के–के हुन् ? कुन अवस्थामा डाक्टरलाई देखाउनु जरुरी हुन्छ ?
सुख्खा खोकी के हो ?

यो यस्तो खोकी हो, जसमा कफ (खकार) बन्दैन। यसमा घाँटी वा श्वासप्रश्वास नलीमा जलन, चिलाउने वा घोचेको जस्तो महसुस हुन्छ। यसले गर्दा बारम्बार खोकी लाग्ने इच्छा हुन्छ। यो सामान्यतया एलर्जी, भाइरल सङ्क्रमणपछि, दम, एसिड रिफ्लक्स, प्रदूषण वा हावामा हुने सुख्खापनका कारण हुन्छ। सुख्खा खोकी अक्सर राति वा ओछ्यानमा पल्टिँदा बढ्ने गर्छ। साथै हाँस्दा–बोल्दा र चिसो हावाको सम्पर्कमा आउँदा पनि यो च्याप्ने गर्छ ।

जब घाँटी वा श्वास नलीमा जलन, सुख्खापन वा सुन्निने हुन्छ, तब सुख्खा खोकी लाग्छ। यो शरीरभित्र हुने एक प्रकारको रिफ्लेक्स प्रक्रिया हो, जसबाट शरीरले घाँटीको इरिटेसन (असजिलोपन) सफा गर्ने प्रयास गर्छ। यसका पछाडि धेरै कारणहरू हुन सक्छन्। यसलाई तलका लक्षणहरूबाट बुझौँ–
राति सुख्खा खोकी किन बढ्छ ?
यसको सबैभन्दा ठुलो कारण शरीरको अवस्था हो। जब हामी सुत्छौँ वा पल्टिन्छौँ, घाँटी र श्वास नलीमा जम्मा भएको इरिटेसन सफा हुन पाउँदैन, जसले खोकीको रिफ्लेक्स बढी सक्रिय बनाउँछ। यसबाहेक राति ‘एसिड रिफ्लक्स’ को समस्या पनि बढ्छ। पेटको एसिड माथितिर आएर घाँटीलाई पोल्ने वा असजिलो बनाउने गर्छ, जसले गर्दा खोकी तीव्र हुन्छ। रातिको हावा प्रायः चिसो र सुख्खा हुन्छ, जसले घाँटीलाई थप सुख्खा बनाउँछ। साथै सुत्ने बेला थुक कम बन्छ, जसले घाँटी अझ सुख्खा हुन्छ। यिनै कारणहरूले गर्दा राति सुख्खा खोकीले बढी सताउँछ। सुख्खा खोकी पत्ता लगाउन के डाक्टरले कुनै मेडिकल टेस्ट पनि गर्छन्? हो, यदि सुख्खा खोकी लामो समयसम्म रहिरह्यो वा बारम्बार भयो भने डाक्टरले यसको कारण बुझ्न केही मेडिकल जाँच गराउँछन्  परीक्षणहरूबाट डाक्टरले सही कारण पत्ता लगाउँछन् र त्यसकै आधारमा उपचार गर्छन् ।
सुख्खा खोकीको उपचार के हो ?
सुख्खा खोकीको उपचार यसको कारणमा निर्भर गर्छ। त्यसैले पहिले यो जान्न जरुरी छ कि खोकी एलर्जीले हो, सङ्क्रमणले, एसिड रिफ्लक्सले वा अन्य कुनै कारणले। केही मामिलामा सुख्खा खोकी आफैँ निको हुन सक्छ। विशेष गरी जब यसको कारण भाइरल सङ्क्रमण, मौसम परिवर्तन वा सामान्य एलर्जी हो। यस्ता मामिलामा घाँटीको जलन कम हुनासाथ खोकी बिस्तारै निको हुन्छ। हो, सामान्य र सुरुवाती सुख्खा खोकीमा घरेलु उपायले धेरै हदसम्म राहत दिन सक्छन्। यिनले घाँटीको जलन कम गर्छन् र सुख्खापन हटाउँछन् । यसलाई तलका उपायहरूबाट बुझौँः

केही अवस्थाहरूमा सुख्खा खोकीलाई बिलकुलै बेवास्ता गर्नुहुँदैन। यदि तल दिइएका लक्षणमध्ये कुनै पनि देखिएमा तुरुन्त डाक्टरसँग सम्पर्क गर्नुहोस्ः यी लक्षणहरूले खोकी कुनै अर्को गम्भीर स्वास्थ्य समस्यासँग जोडिएको हुन सक्ने सङ्केत गर्छन्। त्यसैले समयमै जाँच र उपचार धेरै जरुरी छ। लामो समयसम्म खोकी लागिरह्यो भने घाँटीका नसाहरू अझ बढी संवेदनशील हुन्छन्, जसले खोकी अझ बढाउन सक्छ। यसले निद्र ा पूरा हुँदैन, शरीरमा थकान र चिडचिडापन बढ्छ। लामो समयसम्म खोकी रहँदा छाती र पेटका मांसपेशीहरूमा दुखाइ पनि हुन सक्छ । यदि खोकी कुनै भित्री रोग (जस्तै दम, क्षयरोग÷टीबी, एलर्जी, एसिड रिफ्लक्स वा फोक्सोको समस्या) को कारणले हो र त्यसको उपचार गरिएन भने त्यो रोगले गम्भीर रूप लिन सक्छ । सुख्खा खोकी एउटा लक्षण मात्र हो। यसलाई बेवास्ता गर्दा असली रोग लुकिरहन्छ, जो पछि गएर ठुलो समस्या बन्न सक्छ । सौजन्य यात्रा डेली

प्रतिक्रिया दिनुहोस्: