Loktantra Khabar National Weekly
Ad

रेबिज भ्याक्सिनको अभावले सर्लाहीका बिरामीहरु दुख भोग्न बाध्य

लोकतन्त्र खबर
२९ जेष्ठ २०८३

बखतियार अलि–
सर्लाही, २९ जेठ । विगत चार महिनादेखि एन्टिरेबिज भ्याक्सिन (एआरभी) को प्रादेशिक असपताल मलंगवामा चरम अभाव रहेको छ । मधेश प्रदेश सरकारले अस्पताल तथा स्वास्थ्य संस्थालाई चार महिना देखि भ्याक्सिन उपलब्ध नगराएपछि कुकुरले टोकेको बिरामीहरु समस्या भोग्न बाध्य भएको बताएको छ ।

 

सरकारी अस्पतालमा निःशुल्क पाउने कुकुरले टोकेको भ्याक्सिन नपाउदा बिरामीहरुले बाहिरबाट चर्को मुल्य तिरेर किन्नु परेको सदरमुकाम मलंगवाका आशिष गुप्ताले गुनासो गरेको छ ।

 

ब्रह्म्पुरी गाँउपालिका त्रिभुवन नगर बस्ने प्रकाश साहले भने कुकुरले टोकेको बिरामी प्रादेशिक असपताल मलंगवामा पुग्दा एन्टिरेबिज भ्याक्सिन सकिएको चिकित्सकहरुले बताएपछि बाहिरको औषधी पसलबाट खरिद गरेर लगाउनु परेको साहले गुनासो गर्नुभयो ।

 

एन्टिरेबिज भ्याक्सिन बाहिरबाट किन्दा एकडोज भ्याक्सिनलाई ७ सय रुपैया देखि ८ सय रुपियाँ सम्म तिर्नुपर्ने बाध्यता रहेको उनको भनाई छ ।

 

प्रादेशिक अस्पताल मलंगवाका मेडिकल सुपरिन्टेन्डेन्ट डा. रामप्रकाश साहले एन्टिरेबिज भ्याक्सिन गएको ४ महिना देखि अभाव रहेको बताउनु भयो ।

 

फागुन महिना देखि भ्याक्सिनको आपूर्ति ठप्प भएपछि समस्या सृजना भएको मेसु रामप्रकाश साहको भनाई छ  ।

 

मेसु साहले थप्दै भने प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रबाट भ्याक्सिन नआउँदा सेवाग्राही बिरामीहरुले दुख भोग्नु परेको बताउनु भयो । एन्टिरेबिज भ्याक्सिन आभाव भएको कुरालाई मन्त्रालयमा पटक पटक मौखिक र लिखित जानकारी गराएको छु । यधपी प्रदेश सरकार र संघ सरकारले भ्याक्सिन नपठाएको उनले गुनासो गर्नुभयो ।

 

“माथिबाटै भ्याक्सिन नआउँदा समस्या भएको छ, यता बिरामीलाई हामीले जानीजानी भ्याक्सिन उपलब्ध नगराएको आव्रmोश पोखछन ।

 

” मधेश प्रदेशका ४४ वटा स्वास्थ्य संस्थामा मासिक सात हजार पाँच सय भाइल एन्टिरेबिज खोपको कोटा रहेको छ तर सङ्घीय सरकारले कहिले दुई हजार, कहिले दुई हजार पाँच सय त कहिले पाँच हजार भाइल खोप पठाउने गरेको छ ।

 

कोटा अनुसारको भ्याक्सिन कहिलै पनि आउँदैन । कोटाभन्दा आधा मात्र भ्याक्सिन आउँदा अभावको अवस्था हुने गरेको असपतालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्: