Loktantra Khabar National Weekly
Ad

तराई मधेशमा बाक्लो हुस्सु र कुहिरोले हवाइ उडान प्रभावित

लोकतन्त्र खबर
१६ माघ २०८२

काठमाडौं उपत्यकासहित तराई मधेशमा बाक्लो हुस्सु र कुहिरोले हवाइ उडान प्रभावित भएको छ । हुस्सु कुहिरोले कमजोर भिजिबिलिटी हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक उडान अवतरण रोकिएको छ । भद्रपुर, जनकपुर, पोखरा, भैरहवा, नेपालगञ्ज, धनगढी लगायतका विमानस्थलहरुमा आज बिहानका उडान डिले भएका छन् ।

अन्र्तराष्ट्रियतर्फका केही जहाज डाइभर्ट गरिएको छ। विमानस्थल प्रशासनका अनुसार कुवेतबाट आएको जजिरा एयर र यूएईको सारजाहबाट आएको एयर इन्डियाको विमान भारतको लखनउ डाइभर्ट गरिएको छ ।

भुटानको पारोबाट आएको ड्रुक एयर, दुबइ र दोहाबाट आएका हिमालय एयरलाइन्सका दुई विमान, दुबइबाटै आएको फ्लाइ दुबइ, कतार एयरवेज आकाशमै होल्ड गरिएका छन् ।

उनीहरुले आकाशमै दशभन्दा धेरै फन्को मार्दा पनि अवतरण गर्न पाएका छैनन्। विमानस्थल प्रशासनका अनुसार बाक्लो हुस्सुका कारण विमान अवतरण गराउन सकिने अवस्था तत्काल देखिएको छैन । सौजन्य जनकपुर टुडे

 

प्रतिक्रिया दिनुहोस्: