Loktantra Khabar National Weekly
Ad

चिसो कपालमा तेल लगाउनु कति सही ?

लोकतन्त्र खबर
४ माघ २०८२

कपालको रेखदेख गर्नका लागि हामी हप्तामा एक वा दुईपटक तेलको प्रयोग गर्ने गर्छौं । त्यहीँ केही महिलाहरू हतारमा चिसो कपालमा तेल लगाउने गर्छन् । के यसो गर्नु सही हो ? आउनुहोस् जानौं यस बारेमा यस्तो मानिन्छ कि, धेरै चिसो कपालमा तेल लगाउनु सही हुँदैन । यसो गर्नाले कपालका जराहरू कमजोर हुन सक्छन् । चिसो कपालमा तेल लगाउँदा तेल पानीसँग मिसिन्छ ।

यस्तोमा कपाल कमजोर हुन थाल्छन् र कपाल झर्ने समस्या पनि हुन सक्छ । यदि, तपाईं चिसो कपालमा तेल लगाउनुहुन्छ भने यस्तो गर्न तुरुन्त बन्द गर्नुहोस् । यसले कपालमा चायाँको समस्या पनि बढाउन सक्छ । कपाल धोएपछि तुरुन्तै तेल लगाउँदा कपालबाट दुर्गन्ध पनि आउन सुरु हुन्छ । त्यसैले, यस्तो दैनिक रूपमा गर्दा यो समस्या बढ्दै जान्छ । चिसो कपालमा तेल लगाउँदा रौंहरू एउटै ठाउँमा टाँसिन्छन्। त्यस्तै, घरबाट बाहिर निस्किँदा पनि त्यसमा धूलो तथा माटो टाँसिन्छ ।

सधैं नुहाउनुभन्दा ३० मिनेट अगाडि वा अघिल्लो रात तेल लगाएर मालिस गर्न सक्नुहुन्छ । त्यसपछि जुन दिन कपाल नुहाउनुहुन्छ त्यस दिन तेलको प्रयोग नगर्नुहोस् । कपालमा तेल लगाउने समय विशेषगरी रातमा राम्रो मानिन्छ। यसले कपाललाई सही पोषण पाउँछ र स्वस्थ बनिरहन्छ । सौजन्य यात्रा डेली

प्रतिक्रिया दिनुहोस्: