Loktantra Khabar National Weekly
Ad

देउवाको शरीर एमालेतिर भए पनि मन हामीसँगै छः माधव नेपाल

लोकतन्त्र खबर
१३ श्रावण २०८१

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई नेकपा (एमाले) सँगको सत्ता सहकार्यमा पुनर्विचार गर्न आग्रह गरेका छन्।

गत असार १७ गते कांग्रेस र एमालेबीच भएको ७ बुँदे सहमतिप्रति लक्षित गर्दै उनले सभापति देउवाको शरीर एमालेतिर भए पनि भावना आफूहरुसँग रहेको बताएका थिए।

पुष्पलाल स्मृति प्रतिष्ठानले शनिबार काठमाडौंमा  गरेको कार्यक्रममा अध्यक्ष नेपालले देउवालाई आफूले कार्यक्रमका लागि बोलाएको पनि बताए।

केपी ओलीले नकारात्मक रुपमा लिन्छन् कि भनेर देउवा कार्यक्रममा नआएको हुन सक्ने उनको भनाइ थियो।

‘कांग्रेसका सभापति शेरबहादुर देउवाजीलाई पनि बोलाएका थियौं। शेरबहादुरजी आत्तिनुभएको होला। यहाँ आयो भने केपी ओलीले फेरि नकारात्मक रुपमा लिन्छन् कि भन्ने ठान्नुभएको होला। हामी बुझ्दछौं यी सबै कुराहरु,’ उनले भने, ‘केही फरक पर्नेवाला छैन।

शेरबहादुरजी तपाई आउन नपाए पनि तपाईको भावना हामीसँग छ भन्ने ठानेका छौं। शरिर त्यहीँ छ, मन यतापट्टी छ। त्यसो भएको हुनाले अहिले  नेपालको राजनीतिमा जुन प्रयास गर्नु भएको छ। त्यो राम्रो मनसायले हो कि होइन राम्री बुझनु होला।’

अध्यक्ष नेपालले समाजवादी मोर्चालाई अघि बढाउन जरुरी रहेको बताए। सेतोपाटी

 

प्रतिक्रिया दिनुहोस्: