न्युरोडलाई साँघुरो बनाउन लागेको भन्दै त्यहाँका स्थानीय आन्दोलित भएका छन्।
काठमाडौं महानगरपालिकाले न्युरोड सडक क्षेत्रमा फुटपाथ बनाउनका लागि सडक काट्न थालेको थियो।
सोमबार न्युरोडका स्थानीयहरूले न्यूरोड गेटदेखि मानवसाङ्लो बनाएर महानगरको उक्त कदमप्रति विरोध जनाएका हुन्।
उनीहरूले ‘नयाँ सडक बचाउँ’, ‘न्यूरोड साँघुरो गर्न पाइँदैन’ उल्लिखित ब्यानर प्रदर्शन गरेका छन्।
न्यूरोड क्षेत्रमा अहिले ११ मिटर लम्बाइ कालोपत्रे सडक छ।
महानगरले दायाँबायाँ २.४ र २.६ मिटरको फुटपाथ छ। सो फुटपाथ साढे एक मिटर बढाएर स्तरोन्नतिको काम गर्न थालेको थियो।
तर सडक विभागले समन्वयबिना नै न्युरोडको सडक काट्न लागेको भन्दै महानगरको उक्त काममा रोक लगाएको थियो। सेतोपाटी
प्रतिक्रिया दिनुहोस्:

