Loktantra Khabar National Weekly
Ad

एमालेको नवौ जिल्ला अधिवेशन : आज मतदान हुँदै ,अध्यक्ष पदको लागि साह, प्रसाई र यादव बिच कडा प्रतिस्पर्धा

लोकतन्त्र खबर
२ जेष्ठ २०८१

मनोज यादव—
सर्लाही,जेठ २

आज(बुधबार)नेकपा एमाले सर्लाहीको जिल्ला अध्यक्ष लगायतका पदका लागि मलंगवामा मतदान हुँदै छ।

अध्यक्ष पदको लागि परेको निवर्तमान अध्यक्ष राजनारायण साह, गणेश प्रसाईं र जयप्रकाश यादव बिच कडा प्रतिस्पर्धा चलिरहेको छ।

नवौं अधिवेशनको बन्दसत्र अन्तर्गत निर्वाचन समितिले हिजो(मंगलबार) मनोनयन दर्ता गरेको थियो।

जसमा अध्यक्षका लागि निवर्तमान अध्यक्ष राजनारायण साहसहित प्रसाई र यादवले उम्मेदवारी दर्ता गराएका थिए।

त्यसैगरी उपाध्यक्षमा निवर्तमान उपाध्यक्ष विदुरकुमार प्याकुरेलसहित पार्वती विश्वकर्मा र प्रकाश थापाले उम्मेदवारी दिएका छन् ।

विश्वकर्मा र थापा निवर्तमान उप–सचिव हुन् ।यसैगरी सचिवमा चूडामणि वाग्ले, बलराम पोख्रेल, डिल्लीप्रसाद अधिकारी र सुनील श्रेष्ठको उम्मेदवारी परेको छ ।

त्यस्तै उप–सचिव खुल्लामा छ जनाले उम्मेदवारी दिएका छन् ।

समिम खान, मोहन भण्डारी, बलराम स्माली मगर, सन्जिवकुमार सिंह, अजयकुमार सिंह र लक्ष्मण साह कलवारले खुल्ला उप–सचिवमा उम्मेदवारी दिएका हुन् ।

यस्तै उप–सचिव महिलामा विभा नेपाल, पार्वती रोका र एकावती चौधरीले उम्मेदवारी दर्ता गराएको निर्वाचन समितिले जानकारी गराएको छ ।

अधिवेशनबाट अध्यक्ष, उपाध्यक्ष, सचिव र खुल्ला तथा महिला गरी दुई उप–सचिवसहित पाँच जना पदाधिकारी र १२१ जना सदस्य निर्वाचित हुुने छन् ।

मतदान आज(बुधबार)बिहान ८ बजेदेखि सदरमुकाम मलंगवा-८ स्थित कुसुम पार्टी प्यालेस भइरहेको छ।

उक्त नवौ अधिवेशनमा आयोजक कमिटीका १४९ जना, जनसङ्गठनबाट ७४ जना, वडाबाट चयन भएर आएका ३८७ जना र आयोजक कमिटीले मनोनित गरेका ३१ जना प्रतिनिधि समेत गरी जम्मा ६४२ जनाले निर्वाचन प्रक्रियामा भाग लिने छन् ।

प्रतिक्रिया दिनुहोस्: