Loktantra Khabar National Weekly
Ad

कैलालीमा आज साँझदेखि भारतीय सीमानाका बन्द हुने

लोकतन्त्र खबर
२८ बैशाख २०८१

कैलालीमा शुक्रबार साँझदेखि भारतीय सीमानाका बन्द हुने भएको छ।

भारतमा लोकसभा निर्वाचन चलिरहेकाले आज साँझदेखि निर्वाचन अवधिभर सीमानाका बन्द गर्ने निर्णय भएको हो।

वैशाख ३१ गते भारतको उत्तर प्रदेशको खिरीमा लोकसभा निर्वाचन हुँदैछ।

जिल्ला प्रशासन कार्यालय कैलालीका प्रशासकीय अधिकृत शिवराज जोशीले खिरीमा मतदान नसकिएसम्म सीमा नाका बन्द रहने जानकारी दिए। सेतोपाटी

प्रतिक्रिया दिनुहोस्: