Loktantra Khabar National Weekly
Ad

नागढुंगा सुरूङले नेपाललाई सुरूङको नयाँ युगमा पुर्‍याउनेछ: प्रधानमन्त्री प्रचण्ड

लोकतन्त्र खबर
३ बैशाख २०८१

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नागढुंगा सुरूङले नेपाललाई सुरूङको नयाँ युगमा पुर्‍याउन महत्त्वपूर्ण भूमिका खेल्ने बताएका छन्।

सोमबार मुख्य सुरूङ ब्रेक-थ्रु कार्यक्रम सम्बोधन गर्दै उनले नेपाल विकास निर्माणको नयाँ गन्तव्यमा प्रवेश गरेको बताए।

‘ऐतिहासिक सुरूङ मार्ग निर्माणमा योगदान पुर्‍याउने जापान सरकार श्रमिक र नेपाली जनतालाई बधाई छ। अब यो सुरूङले यो क्षेत्रको सुरक्षा जोखिम कम हुनेछ। यो सडक क्षेत्रमा बर्खामा हुने पहिरोको जोखिम घटाउने छ,’ उनले भने।

यो सुरूङले देशका विभिन्न स्थानबाट संघीय राजधानी प्रवेश गर्न र काठमाडौंबाट थानकोट हुँदै बाहिरिन निकै सहज हुने बताए। सेतोपाटी

 

प्रतिक्रिया दिनुहोस्: