Loktantra Khabar National Weekly
Ad

सहकारी ठगी प्रकरणबारे गृहमन्त्री लामिछानेको जवाफ– प्रश्न उठ्दैमा आत्तिइहाल्नुपर्दैन

लोकतन्त्र खबर
२० चैत्र २०८०

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सहकारी ठगी प्रकरणमा पार्टीका नेताहरूको नाम जोड्दैमा आत्तिइहाल्नु नपर्ने बताएका छन्।

संसद् भवनअगाडि मंगलबार बिहान पत्रकारहरूसँग कुराकानी गर्दै गृहमन्त्री लामिछानेले यस्तो बताएका हुन्।

‘समाचार आएपछि पुग्यो! तपाईंहरूले त्यसलाई हेर्नुपर्ने, प्रमाण खोज्नुपर्ने, सही हो कि होइन, भन्नेकुरा!,’ उनले भने, ‘हेडलाइनमा एउटा प्रश्न राखेर..! ठगीमा भनेर प्रश्न राखिदिएको हो कि, हत्कडी लगाएर प्रमाणित गरिदिएको हो कि, भन्नु नपर्ने?,’ उनले भने।

उनले पत्रिकाले छाप्नेबित्तिकै दोषी ठहर नहुने बताए।

‘छापिदिएपछि पुग्यो। साथीहरू त पत्रकार नै हुनुहुन्छ जस्तो लाग्छ, सबै जना! एउटा पत्रकारले, पत्रिकाले कतै लेखिदिएपछि त्यो प्रमाणित नै भन्ने मान्यता हामीले बनाउने हो भने त सकिहाल्यो। होइन, तपाईंहरूको अन्य साथीहरूले के रहेछ भनेर हेर्दा, खोज्दा सुन्दा, प्रश्न उठाउने, आशंकाहरू अभिव्यक्त गर्ने, हामीलाई जिम्मेवार बनाउनलाई गर्ने क्रम चलिरहन्छ,’ उनले भने।

उनले प्रमाणित भएको कुरा र हल्ला, प्रचारबाजीमा फरक रहेको बताउँदै भने, ‘प्रश्न उठ्दैमा आत्तिनुपर्ने कुरा छैन। सदनमा उठेका कुरा मैले सदनमा उभिएर बोल्न पाउनुपर्छ।’ सेतोपाटी

प्रतिक्रिया दिनुहोस्: