Loktantra Khabar National Weekly
Ad

‘सुन र पुन अर्थमन्त्री पुनमाथि छानबिन गर’ भन्दै नेविसंघको प्रदर्शन

लोकतन्त्र खबर
७ चैत्र २०८०

नेपाली कांग्रेसको भ्रातृ संस्था नेविसंघले प्रदर्शन गरेको छ।

नेविसंघले बुधबार काठमाडौंको ल क्याम्पस अगाडि उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने र अर्थमन्त्री वर्षमान पुनविरूद्ध प्रदर्शन गरेको हो।

सहकारीको रकम हिनामिना प्रकरणमा गृहमन्त्री लामिछानेको नैतिकतामाथि प्रश्न गर्दै उनको राजीनामा माग गरिएको हो।

त्यस्तै, अर्थमन्त्री पुन सुन प्रकरणमा मुछिएको भन्दै छानबिनको माग गरेको हो।

करिब ४० जना विद्यार्थीहरूले प्रदर्शन गरेका थिए। उनीहरूले सुन र पुन:अर्थमन्त्री पुनमाथि छानबिन गर, नैतिकहीन गृहमन्त्री राजीनामा दे, सहकारी काण्डमा निष्पक्ष छानबिन गर लगायतका नारा लगाएका थिए। सेतोपाटी

प्रतिक्रिया दिनुहोस्: