Loktantra Khabar National Weekly
Ad

स्थापना दिवसको अवसरमा निःशुल्क आँखा परीक्षण तथा चश्मा वितरण

लोकतन्त्र खबर
१२ चैत्र २०८१

लोकतन्त्र समाचारदाता
सर्लाही, चैत १३

नेपाल नेत्रज्योति संघको ४७औं स्थापना दिवसको अवसरमा ईश्वरपुर नगरपालिका–९ मा रहेको आँखा उपचार केन्द्र, ईश्वरपुर को आयोजनामा एक दिने निःशुल्क आँखा परीक्षण तथा चश्मा वितरण कार्यक्रम सम्पन्न भएको छ। “हाम्रो कर्तव्य, हाम्रो जिम्मेवारीः आँखा सेवामा साझेदारी” भन्ने मूल नाराका साथ आयोजित उक्त कार्यक्रममा २३७ जनाले आँखा परीक्षण गराएका थिए, जसमध्ये १०७ जनालाई निःशुल्क चश्मा वितरण गरिएको आयोजक संस्थाले जनाएको छ।

कार्यक्रमको अध्यक्षता आँखा उपचार केन्द्रका उपाध्यक्ष प्रकाश मैनाली ले गर्नुभएको थियो भने प्रमुख अतिथि ईश्वरपुर नगर उपप्रमुख रञ्जिता चौधरी रहनुभएको थियो। कार्यक्रममा आँखा उपचार केन्द्रका प्रमुख चन्दन मणि राम ले कार्यक्रमको उद्देश्य र यसबाट प्राप्त उपलब्धिहरूबारे जानकारी गराउनुभएको थियो।

कार्यक्रम विशेष रूपमा सामुदायिक विद्यालय, निजी विद्यालय, मदरसा, गुम्बा, गुरुकुलका शिक्षक/शिक्षिका तथा सर्लाही जिल्लाका सञ्चारकर्मीहरू लाई लक्षित गरी आयोजना गरिएको थियो। आयोजकका अनुसार, शिक्षक तथा सञ्चारकर्मीहरूलाई आँखासम्बन्धी समस्याबाट जोगाउने तथा उनीहरूको स्वास्थ्य सुधारमा योगदान पु¥याउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो।

नेपाल नेत्रज्योति संघको स्थापना दिवसको अवसरमा आयोजित यस प्रकारका कार्यक्रमहरूले समुदायमा नेत्र स्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्ने तथा गुणस्तरीय आँखासम्बन्धी सेवा प्रदान गर्ने अभियानलाई प्रवद्र्धन गर्ने विश्वास आयोजकहरूले व्यक्त गरेका छन्। स्थानीय शिक्षक तथा पत्रकारहरूले प्रत्यक्ष रूपमा लाभ लिएको यस कार्यक्रमलाई सफल बनाउन विभिन्न संघसंस्था, स्वयंसेवक तथा स्थानीय तहको महत्वपूर्ण भूमिका रहेको आयोजक संस्थाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्: