
लोकतन्त्र समाचारदाता–
सर्लाही १७ फागुन । सर्लाहीको कविलासी वाड नं.८ मा रहेका श्री जनता माध्यमिक विधालय अगर्वालाई ठुलो परिमाणमा शैक्षिक सामाग्री बितरण गरिएको छ ।
युएनडिपी, चाईना एडको सहयोगमा जनता माध्यमिक विधालय अगर्वालाई ४५ थान डेस्क र बेन्च, २ सय ९६ वटा स्कुल बैग जसमा पेन्सिल, टिफिन बक्स, कलर बक्स र कपि कलम सहित २० वटा शैक्षिक सामान सहित बिधालयमा अध्यणरत छात्रछात्राहरुलाई बितरण गरिएको बिधालय व्यवस्थापन समितिका अध्यक्ष दिलीप कर्णले जनाएको छ ।
शैक्षिक सामाग्री वितरण कार्यक्रम कविलासी नगरपालिकाका उपप्रमुख पुनम कर्णको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । यस कार्यक्रममा दातृ संस्था युएनडिपी, चाईना एडका प्रोग्राम मैनेजर दिपक रेग्मी र उतम कार्कीको उपस्थिती रहेको थियो ।
कार्यक्रममा कविलासी वार्ड नं.८ का वडाअध्यक्ष बिरेन्द्र प्रसाद साह, प्रधानध्यापक नागेश्वर प्रसाद साह लगायत विधालयका शिक्षकशिक्षिका र बिधार्थीहरुको शैक्षिक सामाग्री वितरण कार्यक्रममा बाक्लो उपस्थिती रहेको थियो ।