Loktantra Khabar National Weekly
Ad

मलंगवामा एचपीभी खोप अभियान पब्लिक माविबाट सुरु

लोकतन्त्र खबर
२३ माघ २०८१

मलंगवामा एचपीभी खोप अभियान पब्लिक माविबाट सुरु

लोकतन्त्र समाचारदाता—
सर्लाही,माघ २३
मलंगवा नगरपालिकामा एचपीभी खोप अभियान आज(बुधबार)देखि सुरु भएको छ। पहिलो चरण अन्तर्गत मलंगवा न.पा २ स्थित पब्लिक माध्यमिक विद्यालयबाट अभियानको औपचारिक शुभारम्भ गरिएको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्देशनमा स्थानीय स्वास्थ्य शाखाको समन्वयमा सञ्चालन गरिएको यो अभियान अन्तर्गत १० देखि १४ वर्ष उमेर समूहका किशोरीहरूलाई एचपीभी खोप लगाइने छ। पाठेघरको क्यान्सरजस्तो घातक रोगको जोखिम कम गर्न यो खोप प्रभावकारी मानिन्छ।
खोप अभियानको उद्घाटन गर्दै मलंगवा न.पा का प्रमुख नागेन्द्र प्रसाद यादवले किशोरीहरूको स्वास्थ्य सुरक्षाका लागि अभिभावकहरूले खोप लगाउन प्रेरित गर्नुपर्ने बताउनुभयो। एचपीभी खोप सुरक्षित र प्रभावकारी भएको जानकारी दिँदै उहाँले अभियानलाई सफल बनाउन सबै पक्षको सहकार्य आवश्यक रहेको बताउनुभयो।
मलंगवा नगरपालिकाका अन्य विद्यालयहरूमा पनि किशोरीजरुलाई क्रमशः खोप लगाउँदै जाने स्वास्थ्य शाखाले जनाएको छ।
उद्घाटन कार्यक्रममा मलंगवा न.पा की उपप्रमुख शकुन्तला देवी,मलंगवा न.पा स्वास्थ्य शाखा प्रमुख मो.सलिम मिकरानी,शिक्षा शाखा प्रमुख प्रमोद मण्डल ,जनस्वास्थ्य निरिक्षक धिरेन्द्र कुमार यादव, पब्लिक माविका प्रअ सुभास यादव,कर्मचारी , शिक्षक,शिक्षिका ,विद्यार्थी र पत्रकारहरु लगायतको उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस्: