Loktantra Khabar National Weekly
Ad

प्रेस विज्ञप्ति नेपाल जनस्वास्थ्य संघ मधेस प्रदेश

लोकतन्त्र खबर
१४ पुष २०८१
नेपालको संविधानले आधारभूत स्वास्थ्य सेवालाई हरेक नागरिकको मौलिकहकको रुपमा स्थापित गरेको छ।देश संघीय शासण प्रणालीमा गइसकेकोले संघीय संरचनाको वास्तविक धरातलमा आधारित रही गुणस्तर स्वास्थ्य सेवा सबै नागरिकको सर्वसुलभ रुपमा पुर्याउनु राज्यको दायित्व हो।संविधान बमोजिम राज्यका संघ,प्रदेश तथा स्थानीय तहहरुले सम्पादन गर्ने एकल तथा साझा अधिकार सुची,नेपाल सरकारको नीति तथा कार्यक्रम राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्वास्थ्य सम्बन्धि समस्या तथा चुनौतीहरुको आधारमा राष्ट्रिय स्वास्थ्य नीति अन्तर्राष्ट्रिय स्तरको हुन अपरिहार्य छ।
जनस्वास्थ्य सँग सम्बन्धित विभिन्न प्रतिकरात्मक र प्रबर्द्धनात्मक गतिविधिहरुको प्रभावकारी संचालनले नेपालमा मृत्युका मुख्य कारकका रुपमा रहेका विभिन्न सरुवा रोगहरु नियन्त्रणमा छन् ,मातृ,नव शिशु तथा बाल मृत्युदरमा उल्लेखनीय कमी आएका छन् र रुग्नाताको भार पनि घट्दो क्रममा छन् ।यद्यपि विश्वव्यापी स्वास्थ्य सेवामा पहुँचको अवधारणा तथा दिगो विकास लक्ष्यले तोके बमोजिम मातृ,नव शिशु तथा बाल मृत्युदर घटाउनका लागि मातृ तथा शिशु स्वास्थ्यमा थप सुधारका लागि तथ्यमा आधारित र अनुसंधान बाट प्रमाणित स्वस्थ्य उत्थानमुलक गतिविधिहरु संचालनका लागि हरेक स्थानीय तहमा जनस्वास्थ्य विषयमा स्नातक वा स्नातकोत्तर अध्यन गरेका जनस्वास्थ्य विज्ञहरुको नेतृत्वमा स्वास्थ्यकर्मी सम्मिलित स्वास्थ्य सेवाको प्रभावकारी कार्यान्वयनको अपरिहार्यता देखिन्छ ।
विश्व परिवेशलाई नियालेर हेर्दा स्वास्थ्य सेवालाई समय सापेक्ष बनाउनका लागि विषय विज्ञको नेतृत्वमा स्वास्थ्य सेवालाई अन्तर्राष्ट्रिय स्तरको मानक बमोजिम जनस्वास्थ्य क्षेत्रमा पद सिर्जना गरिएको र सो पदमा सम्बन्धित विषयमा तोकेको योग्यता भएका ब्यक्तिको उमेदवारीलाई मात्र स्विकार्ने प्रचलन रहेको छ।नेपाल पनि संयुक्त राष्ट्र संघको एक सदस्य राष्ट्र भएको नाताले दिगो विकास लक्ष्य ,अन्तर्राष्ट्रिय नीति तथा प्रावधानहरुलाई अंगिकार  पर्छ। अहिले विश्वव्यापी गुणस्तरीय स्वास्थ्य सेवाको लागि विषय विज्ञको संलग्नता अपरिहार्य र अनिवार्य रहेकोले पनि स्वास्थ्य क्षेत्रमा प्रष्ट रुपमा रहेका प्रावधानहरु जस्तै क्लिनिकल क्षेत्रमा चिकित्सक ,विशिष्ट चिकित्सक ,जनस्वास्थ्यको क्षेत्रमा जनस्वास्थ्यको विषयमा स्नातक वा स्नातकोत्तर ,विशिष्ट श्रेणीका जनस्वास्थ्य विज्ञ र त्यसैगरी समुदाय स्तरमा खोप तथा परिवार नियोजन लगायतका सामान्य स्वस्थ्य सेवा संचालनका लागि सामान्य चिकित्सा विषय अध्यन गरेका स्वस्थ्य सहायक (HA) र सहयोगी स्वास्थ्य कार्यकर्ता (AHW) को स्पष्ट प्रावधान रहेको छ।
वैज्ञानिक ,तथ्यसंगत र विषय विज्ञतामा आधारित सिर्जित अन्तर्राष्ट्रिय रुपमा मान्यता प्राप्त पदहरुलाई बिना कुनै मान्यता प्राप्त शैक्षिक योग्यता , कर्मचारी बढुवा सम्बन्धि अतिआवश्यकिय दक्षता मापनका विधि तथा प्रक्रिया र आन्तरिक प्रतिष्पर्धा नै नगराइ/नगराई जनस्वास्थ्य अधिकृत र जन स्वास्थ्य प्रशाशक जस्ता नेतृत्व स्तरको पदमा जथाभावी रुपमा पदस्थापनले सो पदको अपमान र अवमूल्यन गरेको देखिन्छ ।यसले समग्र स्वास्थ्य र शिक्षा प्रणाली नै धरासायी हुनुको साथै जनस्वास्थ्य विषयमा अध्यनरत हजारौं छात्रछात्राहरुको शैक्षिक तथा पेशागत भविष्य अन्धकार हुनुको साथ साथै जनस्वास्थ्य विषय अध्यन अध्यापन गराउने शैक्षिक संस्थाहरुको अस्तित्वमाथि ठुलो प्रश्न उव्जिने देखिन्छ ।त्यसकारण कुनै ब्यक्ति,संघ,संगठन वा राजनीतिक दलको करकापमा वा आर्थिक प्रलोभनमा परि गरिमामय पदमा रहनुभएका ब्यक्तित्वहरुबाट तत्कालीन ब्यक्तिगत पदीय लाभ लिएर समग्र देशकै स्वास्थ्य प्रणाली अस्त व्यस्त बनाउनु गैर मनासिब मात्र होइनकी जनस्वास्थ्यकर्मी प्रति पनि अन्याय हुने र इतिहासमा कलंकित पात्रको रुपमा चित्रित हुने धृतराष्ट्रको जस्तो अन्ध नीतिको अनुकरण र अनुसरण बाहालवाला मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को तर्फबाट नहोस् भन्ने हेतुले सम्पूर्ण जनस्वास्थ्यकर्मी तथा जनस्वास्थ्यका विद्यार्थीहरुको तर्फबाट चेतावनीपुर्ण अपिल गर्न चाहन्छु।

नेपाल जनस्वास्थ्य संघ
मधेस प्रदेश कार्य समिति

प्रतिक्रिया दिनुहोस्: