Loktantra Khabar National Weekly
Ad

४ सय रुपैयाँ बढ्यो सुन

लोकतन्त्र खबर
१७ श्रावण २०८१

काठमाडौं साउन १७ , सुनको भाउ तोलामा ४ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ तोलामा १ लाख ४६ हजार १ सय रुपैयाँ तोकेको छ ।

अघिल्लो दिन १ लाख ४५ हजार ७ सय रुपैयाँ थियो । यसअघि साउन २ गते सुनको भाउ हालसम्मकै उच्च १ लाख ४९ हजार ८ सय रुपैयाँ पुगेको थियो ।

त्यस्तै चाँदीको भाउ तोलामा १० रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला १७४० रुपैयाँ रहेको चाँदी यस दिन १७५० कायम भएको छ ।  अनलाइन खबर

प्रतिक्रिया दिनुहोस्: