
मनोज यादव—
सर्लाही,पुस २८
सहारा पञ्चकन्या बचत तथा ऋण सहकारी संस्थाले आफ्नो १५ औं बार्षिक साधारणसभा सम्पन्न गरेको छ । सर्लाही जिल्लाको सदरमुकाम मलंगवा नगरपालिका वडा न-१० मा मुख्य कार्यालय रहेको संस्थाले शनिवार सोही वडा स्थित जानकी पार्टी प्यालेसमा साधारणसभा सम्पन्न गरेको हो ।
संस्थाका अध्यक्ष देवेन्द्र कुमार रायको अध्यक्षतामा भएको कार्यक्रममा मधेश प्रदेश सांसद जंगिलाल रायको प्रमुख आतिथ्य रहेको थियो । संस्थाका मुख्य प्रबन्धक एवं कार्यक्रम संयोजक सतिश चन्द्र बर्माले स्वागत मन्तव्य राखेको कार्यक्रममा विशिष्ट अतिथि कबिलासी नगरपालिका नगरप्रमुख ब्रम्हदेव राय,नेता रामबली राय,होटल तथा पर्यटन व्यवसायी संघ सर्लाहीका जिल्ला अध्यक्ष राजेश शर्मा ,संस्थाकी लेखा संयोजक रम्भादेवी झा,संस्थाका संस्थापक पुर्व मुख्य प्रबन्धक दिनेश यादव, दिलिप कुमार झा,संचालक समितिका सदस्यहरु ,कर्मचारीहरु,बचतकर्ता, ऋणी तथा पत्रकारहरु लगायतको उपस्थिति रहेको थियो।
३७ जना सेयर सदस्यबाट सुरु गरी आ.व २०८०/०८१ सम्ममा ८७० जना शेयर सदस्य पुर्याएको संस्थाको शेयरपुँजी ८५ लाख ८४ हजार रुपैयाँ रहेको संस्थाका अध्यक्ष रायले प्रस्तुत गरेको प्रतिबेदनमा उल्लेख गरिएको छ। संस्थाले आ.व २०८०/०८१ मा ४० लाख ८ सय ५६ रुपैया २६ पैसा नाफा गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ।
सोही कार्यक्रमका बिच संस्थाले मुख्य प्रबन्धक बर्मा सहित आफ्ना असल श्रृणी,असल बचतकर्ता,उत्कृष्ट बजार प्रतिनिधीहरुलाई कदरपत्र र पुरस्कार प्रदान गरेर सम्मानित गरेका थिए।कार्यक्रमको संचालन राम लखन महतोले गरेका थिए।