Loktantra Khabar National Weekly
Ad

प्रधानमन्त्री ओलीद्वारा मन्त्रालयगत कामको प्रगति र भावी योजनाबारे निर्देशन

लोकतन्त्र खबर
१५ श्रावण २०८१

वीरगञ्ज  प्रधानमन्त्री केपी शर्मा ओलीले उपप्रधानमन्त्री, मन्त्री र सचिवहरूलाई एकै ठाउँ राखेर मन्त्रालयगत कामको प्रगति र भावी योजनाबारे निर्देशन दिने भएका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा हुने बैठकमा उपप्रधानमन्त्रीहरू, मन्त्रीहरू, र उच्चपदस्थ पदाधिकारीहरूको उपस्थिति रहने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

प्रधानमन्त्री ओलीले सबै सचिवसँग मन्त्रालयगत कामका विद्यमान अवस्था र भावी योजनाका विषयमा यही साउन १३ गते ब्रिफिङ लिएका थिए। यस क्रममा सचिवहरूले आफ्नो मन्त्रालयको कार्यप्रगति, वस्तुस्थिति, सुधारको मार्गचित्र, भावी कार्ययोजना, र कार्यक्रम कार्यान्वयनका चुनौती र समाधानबारे प्रस्तुति दिएका थिए।

यो बैठक प्रधानमन्त्री ओलीले प्रधानमन्त्री भएपछि पहिलो पटक आयोजना गरेका हुन्, जसमा मन्त्रालयगत कामको विस्तृत समीक्षा र भावी योजनाबारे व्यापक छलफल गरिएको थियो।

बैठकको उद्देश्य मन्त्रालयगत कामलाई थप प्रभावकारी बनाउँदै आगामी योजनाहरूलाई सफलतापूर्वक कार्यान्वयन गर्न आवश्यक कदमहरू उठाउनु रहेको बताइएको छ। यात्रा डेली

प्रतिक्रिया दिनुहोस्: