Loktantra Khabar National Weekly
Ad

साबुनले मुख धुँदा हुने नोक्सानी

लोकतन्त्र खबर
३१ असार २०८१

शरीरका अन्य भागको तुलनामा अनुहारको छाला एकदमै संवेदनशील हुन्छ । त्यसैले पनि शरीर र अनुहारको छालाका लागि फरक-फरक सामग्री प्रयोग गर्ने गर्छौं । त्यसैले अनुहारमा साबुनको प्रयोग गर्नुहुँदैन । अनुहार साबुनले धुँदा हुने नोक्सानी जान्नुहोस्–

साबुनले अनुहार धुँदा तपाईंको छाला एकदमै सुख्खा हुन्छ । यसमा हुने केमिकलले छालालाई नोक्सान पुर्‍याउँछ । साबुनमा हुने सर्फेक्टेन्टले छालामा लालिमा आउने कारण बन्न सक्छ । यसले छाला पोल्ने तथा चिलाउने समस्या पनि हुन्छ ।

साबुनको प्रयोगले अनुहारको छालाको प्राकृतिक चिल्लोपन हराउँछ । जसले गर्दा छाला एकदमै रुखो र पत्र निस्कने समस्या आउँछ । साबुनले अनुहार धुँदा छालाको पिएच लेवल पनि बिग्रन्छ । जसले गर्दा कुनै पनि प्रकारको साबुन अनुहार धुनका लागि प्रयोग गर्नु हुँदैन ।

साबुनमा फ्याटी एसिड हुन्छ । यसले अनुहार धुँदा सफा देखिने वा छुँदा सफा अनुभूति हुने हुन्छ तर, भित्रैदेखि छाला सफा हुँदैन । जसले गर्दा फोहोर छालामै जमेर छाला बिग्रन्छ ।

साबुनले अनुहार धुँदा तपाईंको अनुहार रुखो, मरेतुल्य र डल देखिन्छ । यसले गर्दा बढ्दै गरेको उमेरको लक्षण पनि छिटो देखिन थाल्छ । साथमा छालामा छिटो चाउरीपना आउन थाल्छ । यात्रा डेली

प्रतिक्रिया दिनुहोस्: