Loktantra Khabar National Weekly
Ad

राष्ट्रिय परिचय पत्र बनाउन छुटे पनि नागरिकले राज्यको सुविधा पाउँछन्: गृहमन्त्री

लोकतन्त्र खबर
१८ असार २०८१

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले राष्ट्रिय परिचय पत्र बनाउन छुटे पनि नागरिकहरूले राज्यबाट सेवा सुविधा पाउने बताएका छन्।

प्रतिनिधि सभा बैठकमा सोमबार बोल्दै उनले २८ जिल्लामा मात्रै भदौ मसान्तसम्म राष्ट्रिय परिचय पत्र बनाउने समय दिइएको बताए।

भदौ मसान्तसम्ममा पनि परिचय पत्र बनाउन छुटेको अवस्थामा राज्यले दिने सेवा, सुविधाबाट नागरिकलाई बञ्चित नगरिने उनले बताए।

‘भदौ मसान्तसम्म पनि परिचय पत्र प्राप्त भएन भने पनि राज्यले दिने सेवा, सुविधाबाट आम नागरिक वञ्चित हुनु पर्दैन,’ उनले भने।

नागरिकलाई राज्यले कहिले पनि सेवा सुविधाबाट विमुख नपार्ने उनले बताए।

हमन्त्री लामिछानेले अशक्त, बिरामी, ९० वर्ष माथिका वृद्धवृद्धा र  बालबालिकालाई विशेष व्यवस्था गरिने पनि बताए। सेतोपाटी

प्रतिक्रिया दिनुहोस्: