
नेपाली कांग्रेसनिकट नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको पहिलो महाधिवेशन असारमा हुने भएको छ।
असार ११, १२ र १३ गते काठमाडौंमा महाधिवेशन हुने भएको हो।
‘संगठित, प्रशिक्षित र समुन्नत समाज निर्माण अभियान संघीय लोकतान्त्रिक गणतन्त्र र धर्म निरपेक्षताको रक्षार्थ प्रथम राष्ट्रिय महाधिवेशन’ भन्ने नाराका साथ महाधिवेशन हुन लागेको अध्यक्ष ओमबहादुर घर्तीमगरले बताए।
महाधिवेशन सभापति शेरबहादुर देउवाले उद्घाटन गर्ने कार्यक्रम छ।
नेपाल आदिवासी जनजाति संघ २०५५ मा स्थापना भए पनि अहिलेसम्म महाधिवेशन हुन सकेको थिएन।
महाधिवेशन सम्पन्न गर्न अध्यक्ष घर्ती मगरको संयोजकत्वमा केन्द्रीय सदस्यहरु, जातीय संघका अध्यक्षहरु, महासंघका प्रदेश अध्यक्षहरु र काठमाडौं, भक्तपुर र ललितपुरका महसंघका अध्यक्षहरु रहेको १०१ सदस्यीय महाधिवेशन मुल व्यवस्थापन समिति गठन भएको छ। सेतोपाटी
प्रतिक्रिया दिनुहोस्: