Loktantra Khabar National Weekly
Ad

प्रधानमन्त्री दाहाल नयाँ दिल्ली प्रस्थान

लोकतन्त्र खबर
२७ जेष्ठ २०८१

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतको नयाँ दिल्ली प्रस्थान गरेका छन्।

आइतबार दिउँसो प्रधानमन्त्री दाहाल, कानून मन्त्री पदम गिरीसहित नेपाली टोली नयाँ दिल्लीतर्फ प्रस्थान गरेका हुन्।

आइतबार साँझ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथग्रहण कार्यक्रम छ।

यो समारोहमा प्रधानमन्त्री दाहाल पनि सहभागी हुनेछन्। प्रधानमन्त्री दाहाल सोमबार स्वदेश फर्किने कार्यक्रम छ।

गत शुक्रबार भारतीय जनता पार्टी (भाजपा) का सांसद मोदी तेस्रो कार्यकालका लागि प्रधानमन्त्रीमा नियुक्त भएका थिए।

प्रधानमन्त्री मोदीको शपथग्रहण कार्यक्रममा छिमेकी मुलुकका सरकार प्रमुख र राष्ट्र प्रमुखलाई आमन्त्रण गरिएको छ।

मोदी यसपालि बिहारका मुख्यमन्त्री नितिश कुमार नेतृत्वको जनता दल (युनाइटेड) र चन्द्रबाबु नायडू नेतृत्वको तेलेगु देसम पार्टी (टिडिपी) लगायतको साथ लिएर प्रधानमन्त्री बनेका हुन्। सेतोपाटी

प्रतिक्रिया दिनुहोस्: